जेष्ठ नागरिकको रकम लुटने गिरोह पक्राउ

जेष्ठ नागरिकको रकम लुटने गिरोह पक्राउ

सिमराः जेष्ठ नागरिकले बैंकबाट निकालेको रकम लुटेर फरार भएका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन्। 

असोज १ गते कलैया उपमहानगरपालिका-१ स्थित प्रभु बैक अगाडिबाट ५० हजार रकम निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका बृद्धलाई बाटोमा चक्कु देखाएर रकम लुट्ने गिरोह पक्राउ परेका हुन्। पक्राउ पर्नेमा  भारत बिहार जिल्ला पश्चिम चम्पारणका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी र बिहार मोजफरपुरका ३४ वर्षीय रवि दास रहेका छन्। 

बलिरामपुरका उक्त जेष्ठ नागरिकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो। प्रहरीका अनुसार चारै जना पुनः अर्को व्यक्तिलाई लुट्ने योजना बनाइरहेको अवस्थामा कलैयाबाट पक्राउ परेका हुन्। आफूहरूलाई आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। 

उनीहरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल समेत बरामद भएको प्रवक्ता सापकोटाले बताएका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.