अझै बनेन हेंवा खोलामा डाइभर्सन

अझै बनेन हेंवा खोलामा डाइभर्सन

फिदिम : बाढीले बेलिब्रिज बगाएको १० दिनसम्म पनि मेची राजमार्गस्थित हेंवा खोलामा डाइभर्सन निर्माण हुन सकेको छैन। निर्माणको जिम्मा लिएको सडक डिभिजन कार्यालय इलामले काममा ढिला-सुस्ती गर्दा अझै डाइभर्सन बन्न नसकेको हो। 

असोज १२ गतेको बाढीले पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाँउपालिका ७ लाई जोड्ने हेंवा खोलाको बेलिब्रिज बगाएपछि मेची राजमार्ग अवरुद्ध छ। अवरुद्ध राजमार्ग सञ्चाल गर्न डाइभर्सन निर्माण थालिए पनि काममा ढिलाई हुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङसम्मको यातायात प्रभावित भएको छ। चाडपर्वको मुखमा चारपाङ्ग्रे सवारी साधनाहरू आवतजावत गर्न नसक्दा ताप्लेजुङ क्षेत्रमा खाद्यसंकट सुरु भएको छ। 

प्रयाप्त ह्यूमपाईप नहुँदा निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। ‘थप ह्यूमपाईप झिकाइएको छ,’ भट्टराईले भने ‘मंगलबार साँझसम्म डाइभर्सन निर्माणले पूर्णता पाँउछ।’

डाईभर्सन निर्माणका लागि गलत स्टिमेट हुँदा ह्यूमपाईप कम मगाइएको थियो। यसअघि १.२० मिटर गोलाई भएका १६ वटा ह्यूमपाइप झिकाइएको थियो। उक्त ह्यूमपाइप अपुग भएपछि डाइभर्सन निर्माण अधुरो रहेको हो। इटहरीबाट थप २० वटा ह्यूमपाइप झिकाइएको भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.