साफ महिला च्याम्पियनशिपको तयारी पूरा, कुन-कुन देश हुँदैछन् सहभागी ?

साफ महिला च्याम्पियनशिपको तयारी पूरा, कुन-कुन देश हुँदैछन् सहभागी ?

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको तयारी पूरा भएको जनाएको छ। मंगलबार एन्फाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने आयोजना हुने महिला च्याम्पियनशिपको तयारी पुरा भएको जनाएको हो। 

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको उनले बताए। प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १ सय ६० अमेरिकी डलर रहेको शाहले उल्लेख गरे। 

च्याम्पियनशिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन्। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन्।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ। दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.