विवाद

एकीकृत समाजवादीमा असन्तुष्टि गहिरिँदै, पार्टी फुट्ने खतरा रहेको भन्दै नेताहरू आन्तरिक छलफलमा

एकीकृत समाजवादीमा असन्तुष्टि गहिरिँदै, पार्टी फुट्ने खतरा रहेको भन्दै नेताहरू आन्तरिक छलफलमा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने खतरा रहेको भन्दै शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। पार्टीको महाधिवेशनपश्चात असन्तुष्ट रहेका नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिन थालेपछि पार्टीमा संकट आउन सक्ने भयले शीर्ष नेतालाई सताएको छ।

असन्तुष्ट पक्षले मनोनीत कमिटीमार्फत पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गराएको, निर्वाचनमा नेतृत्वले चिट बाँडेको भन्दै विद्रोह गर्ने चेतावनी दिएका छन्। 

पार्टी विभाजन हुन सक्ने खतरा भएपछि असन्तुष्ट बनेका पार्टीका सांसदप्रति नेतृत्वले निगरानीमा राखिरहेको स्रोतको भनाई छ। पार्टीको विधानको भावना विपरित मनपरी भएको भन्दै छुट्टाछुट्टैरुपमा प्रदेश र स्थानीय कार्यकर्ताहरूले पार्टी छोड्न थालेका छन्।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार एमालेसँग विभाजन भएर बनेको दल भएकाले पाँच वर्षभित्र पार्टी विभाजन गर्न नसकिने तर्क भएपनि संसद्को अधिवेशन अन्त्य भएकाले सरकारले अध्यादेश ल्याएर एकीकृत समाजवादी फुट्ने सम्भावना रहेको भन्दै आन्तरिक एकता जोगाउन शीर्ष नेता लाग्नुपर्ने कतिपयको मत रहेको छ। माधव नेपाल र नेतृत्वसँग असन्तुष्ट बनेका नेताहरूले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष अध्यादेश ल्याइदिए विभाजन गर्न सहज हुने मनसाय राखेको र ओलीको पनि चाहना रहेको स्रोतको भनाई छ।

विधि–पद्धतिको गम्भीर उल्लंघन भएको दाबी

विवाद चर्किरहेको बेलामा पार्टी एकता जोगाउन र असन्तुष्ट पक्षको मत सुनुवाई गर्न सोमबार नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, बलराम बास्कोटा लगायतका नेताहरूले अध्यक्ष नेपाललाई भेटेर तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै पत्र बुझाइसकेका छन्।  

‘पार्टीको दशौं महाधिवेशन र त्यसयता भएका विभन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरोको चुनावपछि पार्टीमा निराशा र विभाजनका गंभीर खतराहरू देखिएका छन्। महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो परिदृश्य देखा पर्नु ज्यादै दुखद विषय हो।’नेपाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘यसो हुनुको मुख्य कारण महाधिवेशनको मञ्चबाटै सर्वसम्मतरुपमा निर्वाचित तीनजना नेता कमरेडहरू- अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको बाचा बन्धनको उल्लंघन गर्नु रहेको छ।’

उनीहरूले १० औँ महाधिवेशनको समग्र प्रक्रियामा विधि–पद्धतिको गम्भीर उल्लंघन भएको दाबी गरेका छन्। ‘महाधिवेशनको म्याण्डेट विपरित गरिएका सबै काम कारवाही खारेज गरियोस्।’ ज्ञापन पत्रमा भनिएको छ,‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थापनादेखि दशौं महाधिवेशनसम्मका समग्र प्रक्रियाका साथै पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा गम्भीर समीक्षा गरी निष्कर्ष निकाली पार्टीको आन्तरिक एकता जोगाउँदै पार्टीको विकास र विस्तार गर्ने बाटो पहिल्याउनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाइयोस्।’

महाधिवेशनको हलबाट अध्यक्ष, महासचिव सर्वसम्मत चयन गरेर पदाधिकारी र पोलिट्ब्युरोका लागि चुनाव गरिएको भन्दै नेताहरू असन्तुष्ट छन्।
‘केन्द्रीय परिषदको बैठकबाट र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाटसमेत पारित विधानको भावना विपरित मनपरी गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेका र केहिले योजनाबद्ध रुपमा पार्टी विभाजनको प्रयास गरिरहेका छन्।’ पार्टीको आन्तरिक एकतामा खलल हुने कुनै काम नहोस् भनेर सतर्क हुनुपर्छ नै। ’

निर्वाचन अगाडि केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको चयन सर्वसम्मत रुपमा गराउनुपर्ने सुझाव दिएपनि पालना नहुँदा असन्तुष्टिको विस्फोट  भएको उनीहरूको ठम्याइ छ। पत्रमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माण निश्चित विधि-पद्धति, मूल्यांकन र योजनाका आधारमा गरिन्छ, गरिनु पर्दछ। नेतृत्व चयन एक ज्यादै गम्भीर प्रक्रिया हो। यस्तो विषयमा जेसुकै होस भन्ने हिसाबले काम गर्दा ठीक परिणाम निस्कदैन नै। अहिले त्यही भएको छ। महाधिवेशनको समग्र प्रक्रियामा विधि-पद्धतिको गभीर उल्लंघन भएको छ। ’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.