पदयात्राका क्रममा एक विदेश नागरिकको मृत्यु

पदयात्राका क्रममा एक विदेश नागरिकको मृत्यु

रसुवा : पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानामा एक विदेशीको मृत्यु भएको छ। पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए।

 
पोल्याण्डको राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । उनको शव गोसाइँकुण्ड ल्याई नेपाली सेना  र नेपाल प्रहरीको सहयोगमा आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।
 
प्रहरीका अनुसार थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि थाहा हुने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.