धौलागिरीमा पाँच आरोहीको मृत्यु

धौलागिरीमा पाँच आरोहीको मृत्यु
फाइल तस्बिर
सुन्नुहोस्

बेनी : म्याग्दीस्थित धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मंगलबार मृत भेटिएका छन्।  

धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव मंगलबार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गरे। 

उनका अनुसार हाइक्यापमा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन्। घटनास्थलबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी भएको डीएसपी श्रेष्ठले बताए। 

हराएका पर्यटक खोज्न हेली एभरेष्टको हेलिकोप्टर परिचालन भएको थियो। उनीहरू आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसनमार्फत धौलागिरी हिमाल आरोहणका लागि आएका थिए।  

धौलागिरी हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ। आरोही समूहका एक जना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ। चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठ्यारो भएका कारण उनी तल ओर्लेका थिए। 

संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ। चालु शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.