बुटवलमा कपडा बरामद

बुटवलमा कपडा बरामद
सुन्नुहोस्

भैरहवा : भारतबाट अवैध रूपमा भित्राइएको ठूलो परिमाणमा कपडा बरामद भएको छ। 

इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाको संयुक्त टोलीले बुटवलमा लु १ ख ८३४० नम्बर ट्रक चेकजाँचका क्रममा ५० लाख ४२ हजार बढी मूल्य बराबरको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। 

साथै अवैध सामग्री ढुवानीमा प्रयोग भएको ट्रक पनि नियन्त्रणमा लिइएको उनले बताए। उनका अनुसार बरामद भएको कपडाहरूमा लेडिज उलन सुट २ हजार ८ सय ५७ थान, उलन सुटको कपडा ६ सय ९० रोल, कटन सुट र सेण्डो १ हजार ९ सय ४६, जेन्ट्स सर्ट र कुर्ती ४ सय ७० थान लगायत सुरुवाल, हुडी, जिन्स पाइन्ट, स्वेटर, टप्स लगायतका छन्।

बरामद कपडा र ट्रक आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.