विद्यार्थीहरूलाई स्विटर वितरण

विद्यार्थीहरूलाई स्विटर वितरण
सुन्नुहोस्

गोरखा : जाडो याम नजिकिँदै गर्दा धार्चे गाउँपालिका–३ स्थित सातकत्या मावि खोर्ला र पार्वती निमावि उहियाका विद्यार्थीहरूलाई न्यानो स्विटर वितरण गरिएको छ। 

गणेश हिमाल एशोसिएसन नामक संस्थाले फ्रान्सको लेजामी दि लाप्राक नामक सामाजिक संस्थाको समन्वयमा स्विटर वितरण गरेको हो। आइतबार आयोजित कार्यक्रममा पार्वती निमाविमा अध्ययनरत १४९ जना विद्यार्थीहरूलाई वितरण गरेको हो। सोही संस्थाले गत शनिबार सातकन्या मावि खोर्लाका १७२ जना विद्यार्थीलाई स्विटर वितरण गरेको प्रधानाध्यापक सीता गुरुङले जानकारी दिइन्।

संस्थाले हरेक वर्ष झोला, विद्यालय पोशाक, न्यानो कपडा तथा शैक्षिक सामग्री आदि वितरण गर्दै आएको छ। विगतमा झैँ यो वर्ष पनि दसैंको मुखमा विद्यार्थीहरूसँग भेटघाट गरी स्विटर वितरण गरेको पार्वती निमाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र प्रसाद गुरुङले बताए।  

हरेक वर्ष दसैंको समय मिलाएर धार्चेका विद्यालयहरूमा पुगी विद्यार्थीहरूसँग भेटघाट गर्ने र सहयोग गर्ने गरेको उनले जानकारी दिए। ‘उहाँहरू हरेक वर्ष दशैँको समयमा आएर विद्यालयहरूको अनुगमन गर्नुहुन्छ’, उनले भने, ‘सँगै विद्यार्थीहरूका लागि केही न केही कोसेली ल्याउनु हुन्छ। गत वर्ष सबै विद्यार्थीहरूका लागि झोला ल्याउनु भएको थियो। यो वर्ष भने स्विटर वितरण गर्नुभएको छ।’ 

संस्थाले करिब १६ वर्ष अघि ८ कोठे भवन समेत निर्माण गरिदिएको उनको भनाइ छ। संस्थाले धार्चेको शिक्षा क्षेत्र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.