चिनीभित्र लागुऔषध लुकाएर ल्याउने युवक पक्राउ

चिनीभित्र लागुऔषध लुकाएर ल्याउने युवक पक्राउ
सुन्नुहोस्

गुलरिया : प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा जिल्लाको कोहलपुर नगरपालिका-२ पुष्पनगरका २१ वर्षीय प्रभाकर राना रहेका छन्। 

बर्दियाको बढैयाताल गाउँपालिका-६ राजीपुर क्षेत्रमा गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई पक्राउ गरेको हो। 

२ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर प्लास्टिकभित्र पोको पारी चिनीमा लुकाएर ल्याएको लागुऔषध तथा चिनी बरामद गरी मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.