दसैंलगत्तै सामागाउँमा बृहत् सांस्कृतिक महोत्सव हुने

दसैंलगत्तै सामागाउँमा बृहत् सांस्कृतिक महोत्सव हुने
सुन्नुहोस्

गोरखा : गोरखाको हिमालपारि रहेको सामागाउँमा दसैं लगत्तै वृहत सांस्कृतिक महोत्सव हुने भएको छ। चुमनुब्री गाउँपालिका-१ सामागाउँमा आउँदो कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म बृहत ‘सामा मानी सांस्कृतिक महोत्सव’ आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए।

चुमनुब्री गाउँपालिकाभरिकै सबैभन्दा ठूलो मानिने यो महोत्सव सामागाउँको बीचमा रहेको खुल्ला ठाउँमा आयोजना हुने उनले बताए। यो सांस्कृतिक महोत्सव सय वर्षभन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव भएको मुख्य लामा जिग्मेले बताए।

प्रत्येक तीन वर्षमा हुने सो सांस्कृतिक महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गर्दैछ। सातदिनसम्म सञ्चालन हुने यो उत्सवमा ओपेरा डान्स(परी नाच) हुनेछ। त्यस्तै घिउ अर्पण कार्यक्रम पनि हुनेछ। घिउ अर्पण कार्यक्रममा स्थानीयबासीले पाँच किलोग्राम, १० किलोग्राम घिउ अर्पण गर्ने गर्छन्। सो घिउ तीनबर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ। ‘गुम्बामा बत्ती बाल्यो भने पाप पखालिन्छ, सुख, शान्ति, संवृद्धि, कल्याण प्राप्त हुन्छ भन्ने विश्वास छ’, प्रमुख लामा जिग्मेले भने, ‘त्यसैले घिउ दान गर्न गाउँले सबै र काठमाडौंदेखि पनि आउने गर्छन्।’

ओपेरा नाच हिमालयन कथाबस्तुमा आधारित संस्कृति नाच हो। यसमा वोधिसत्वको कथायुक्त नाटक पनि हुने गर्छ। ‘दिनभरि ओपेरा नाच र रातभरि स्याप्रु नाच हुने गर्छ’, प्रमुख लामा जिग्मेले भने, ‘सातदिनसम्म यसरी धुमधामले चल्ने यो महोत्सव चुमनुब्री क्षेत्रकै सवैभन्दा ठूलो महोत्सव हो।’ यस मेला, महोत्सवमा विशेषगरी नुब्री क्षेत्रका सबै गाउँबाट र चुम उपत्यकाका दर्शक पनि आउने उनले बताए।

सो ओपेरा नाच तथा स्याप्रु नाचका लागि १० दिनअघिदेखि तयारी थालिने भएको छ। महोत्सव अवधिभरि गाउँका बासिन्दा गाउँबाहिर नगै कार्यक्रममा सहभागी हुनेछन्। साथै विदेशी पर्यटकलाई पनि देखाएर देश, विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य आयोजकले लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.