उद्धार, राहत र पुनःस्थापना कार्यमा जुट्न गृहमन्त्रीको निर्देशन

उद्धार, राहत र पुनःस्थापना कार्यमा जुट्न गृहमन्त्रीको निर्देशन

सिन्धुपाल्चोक : बाढी पहिरोले तहसनहस भएको सिन्धुपाल्चोकको निरीक्षणमा आएका गृहमन्त्री रमेश लेखकले उद्धार, राहत र पुनःस्थापना कार्यमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

 
बाढी पहिरो गएको १० दिनपछि गृहमन्त्री लेखकसहितको टोली मंगलबार सदरमुकाम चौतारा आइपुगेका हुन्। गृहमन्त्री लेखकसँगै रक्षामन्त्री मानवीर राई, भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल निरीक्षणका लागि आएका थिए। हेलिकोप्टरमा आएका सरकारी अधिकारीले जिल्ला विपत् व्यवस्थापन समिति र राजनीतिक दलसँग अन्तर्क्रिया गरेर क्षति, उद्धार  र राहतबारे जानकारी लिएका छन्।

गृहमन्त्री लेखकले तीनवटै सुरक्षा निकायको प्रशंसा गर्दै जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान, क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए। ‘तपाईंहरूले जति चाँडो विवरण पठाउनुहुन्छ त्यसको तीन दिनभित्र सरकारले राहत प्रदान गर्छ,’ उनले भने, ‘क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ।’

उनले सिन्धुपाल्चोकमा कुन-कुन स्थानीय तहलाई विपतग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने हो सबै पक्षसँग छलफल गरेर न्यायोचित विवरण पठाउन प्रजिअलाई निर्देशन दिए। सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने पाँच सांसदले भोटेकोशीलाई मात्रै विपतग्रस्त भनेर सरकारबाट भएको घोषणा अन्यायपूर्ण रहेको भनेर प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका थिए।

प्रमुख जिल्ला अधिकारी किरण थापा र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ११-१२ गतेको बाढी पहिरोले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको विवरण गृहमन्त्रीलाई दिएका छन्। सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापन सकभर चाँडो गर्ने आश्वासन दिए। 

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भारतबाट २० वटा बेलिब्रिज ल्याउन लागेकाले तातोपानीमा छिटो बेलिब्रिज ल्याउने सरकारको योजना रहेको बताए। विपतपछि ढिला गरेर आएको भन्दै राजनीतिक दलका प्रतिनिधिले सरकारको आलोचना गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.