बाढी पहिरोपीडितलाई हरिहरपुरगढी गाउँपालिकाको राहत

बाढी पहिरोपीडितलाई हरिहरपुरगढी गाउँपालिकाको राहत

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बाढी पहिरोपीडितहरूलाई राहत वितरण गरेको छ। घरबार बिहिन भएका गाउँपालिकाको वडा नम्बर २, ३ र ६ का ५८ घर परिवारलाई पालिकाले राहत वितरण गरेको हो। 

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार बागमती नदीमा आएको बाढीले डुबान गर्दा पीडित भएका वडा नम्बर ३ का ५१ घर परिवार, वडा नम्बर २ का ६ घर परिवार र वडा नम्बर ६ का एक घर परिवार गरि ५८ घर परिवारलाई राहत दिइएको हो। 

‘दशैंको मुखमा खाने अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै बाढीले बगाएपछि बिचल्लीमा परेको प्रभावितहरुलाई गाउँपालिकाले दोस्रो चरणमा समेत राहत वितरण गर्ने तयारी गरेको छ। अहिले ५८ परिवारलाई, खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरिएको हो,’ अध्यक्ष वाइवाले भने।

गत असोज ११ र १२ गते आएको बाढीका कारण हरिहरपुरगढी गाउँपालिकाको १, २, ३ र ६ नम्बर वडाका गरी एक सय बढी घरपरिवार स्थानीय प्रभावित भएका छन्। उनीहरूमध्ये वडा नम्बर एकका ५० घर परिवारलाई यस अघिनै गाउँपालिकाले राहत दिएको थियो। 

यसैगरी हरिहरपुरगढी गाउँपालिकाका पीडितका लागि दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले १ लाख रुपैयाँको चेक र सांसद राजन दाहालले २० हजार हस्तान्तरण गरेका छन्।

बाढी पहिरोले पालिकामा ठूलो क्षति पुगेपनि सरकारले संकटग्रस्त गाउँपालिकामा समावेश नगरेको गाउँपालिकाको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.