काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जना घाइते

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जना घाइते

काठमाडौं : काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ। दोलखा भीमेश्वर नगरपालिका-८ चरङ्गेस्थित चरिकोट-लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३-०१-००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रहरीका अनुसार बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका छन्। उनीहरुमध्ये १० जनाको च्छो-रोल्पा अस्पताल‍ र ५ जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ।

यसैबीच, लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले प्रहरी र अस्पतालसँग समन्वय गरेर घाइतेको उपचार भइरहेको बताइन्। उनले हालसम्म घाइतेको रिफर गर्नुपर्ने अवस्था हालसम्म नदेखिएको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.