झ्पाप्ले खोला पहिरोमा परी  मृत्यु भएका जुम्ल्याहा दाजुबहिनीको आमासँगै गरियो अन्त्येष्टि

झ्पाप्ले खोला पहिरोमा परी  मृत्यु भएका जुम्ल्याहा दाजुबहिनीको आमासँगै गरियो अन्त्येष्टि
तस्बिर : अन्नपूर्ण

स्याङ्जा : असोज १२ गते राति बाढीपहिरामा परि ज्यान गुमाएका गल्याङ्का तीनजनाको अन्त्येष्टि गरिएको छ। बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्पाप्ले खोलामा आएको पहिरोमा परी मृत्यु भएका गल्याङ नगरपालिका-३ लल्याङका आमासहित छोराछोरीको गल्याङ वडा ११ स्थित निमाघाटमा अन्त्येष्टि गरिएको हो।  

आमा सीता भट्टराईसहित जुम्ल्याहा छोराछोरी  दिपेश र दिपिका पनि सँगै बस चढेका थिए। बाढी पहिरोमा परी बसमा सवार उनीहरूसँग अन्यको पनि ज्यान गएको थियो। 
सीताका श्रीमान् हुमनाथ भट्टराई कोरियाबाट नआइन्जेलका लागि भन्दै शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। 

हुमनाथ सोमबार नेपाल आइपुगेका हुन्। आएलगत्तै काठमाडौंबाट शव लिएर मंगलबार गल्याङस्थित घरमा ल्याई हिन्दु धर्मसंस्कृति अनुरुप घाटमा लगि अन्त्येष्टि गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए। 
गण्डकी प्रदेश निर्वतमान मन्त्री सरस्वती तिवारी,गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, निर्वतमान सांसद भागवतप्रकाश मल्ल, नगरप्रमुख गुरु भट्टराई, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल लगायतले नेपालको राष्ट्रिय झन्डा ओढाएर स-सम्मानसहित अन्तिम श्रद्धाञ्जली दिएर अन्त्येष्टि गरिएको छ। 

रुपन्देहीको बुटवलस्थित कालिका मानवविज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी पढाइमा निकै अब्बल थिए। नेसनल यस्ट्रोलोमिक ओलम्पिक २०२४ मा भाग लिइ पहिलो चरणमा सफल भएपछि  दोस्रो चरणका लागि सहभागी हुन बाङ्लादेश जानका लागि आमासँगै उनीहरू काठमाडौ जाँदै थिए। 

उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए। पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.