पोखरामा पर्वतीय क्रसकन्ट्री

पोखरामा पर्वतीय क्रसकन्ट्री

पोखरा : पर्यटकीय राजधानी पोखरामा चिनियाँ खेलाडी र नेपाली खेलाडीबीच तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस क्रन्ट्री दौड प्रतियोगिताको तयारी थालिएको छ । आगामी नोभेम्बर ९ मा रन फर कमन प्रोसप्रेरिटी भन्ने नाराका साथ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री प्रतियोगिता आयोजना हुन लागेको हो ।

पर्यटन प्रवद्र्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुर्या‍उने र नेपाल–चीन सम्बन्धलाई थप सृदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको हो । 

प्रतियोगितामा सहभागी हुन नोभेम्बर ७ मा चार्टर विमानमा चिनियाँ पर्यटक पोखरा आउने आयोजकले जानकारी दिए । चिनियाँ खेलाडीका लागि कुनमिङबाट पोखरासम्म चार्टर उडानको व्यवस्था गर्न लागिएको हो । प्रतियोगितामा नेपाली र चिनियाँ गरी ९० खेलाडीको सहभागिता रहनेछ । १० चिनियाँ टोली र २० नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता ५० किलोमिटर दौड, साइक्लिङ र बोटिङ हुनेछ ।

एक टोलीमा तीन खेलाडी सहभागी हुने प्रतिस्पर्धामा कम्तीमा एक महिला अनिर्वाय हुनुपर्ने छ ।  फेवाताल किनारबाट सुरु हुने दौड छोरेपाटनहुँदै फुस्रे खोलासम्म खेलाडी दौडने छन् । त्यसपछि रामदी, फेदीखोला हँुदै कुबिन्डेसम्म साइकलमा जाने छन् । पुनः दौडेर शान्ति स्तुप हुँदै फेवाताल किनारसम्म दौडने छन् । फेवातालबाट डुंगा दौड गर्दै बाराही घाटमा पुगेर टुंगिनेछ । 

यसैगरी, च्यालेन्ज इन्डिभिजुअल समूहमा दुई सय खेलाडीको सहभागिता रहनेछ । ८० चिनियाँ र १ सय २० नेपाली खेलाडी सहभागी हुने प्रतिस्पर्धामा २३ सय ६६ मिटरको उचाइसम्म पुग्नु पर्नेछ । 

प्रतियोगिताको उपाधि विजेता टोलीले ४ लाख ५८ हजार ४ सय, दोस्रोले ३  लाख ४३ हजार ८ सय र तेस्रो हुनेले २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न ६ करोड रुपैयाँ लाग्ने आयोजक संस्था हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.