राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
सदनको दुवै बैठकबाट पारित भएर आएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जानकारी दिइन्।