दशैंअघिको अन्तिम कारोबारमा ४.८५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सीमित

दशैंअघिको अन्तिम कारोबारमा ४.८५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सीमित

काठमाडौं : दशैं अघिको अन्तिम सेयर कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर निकै उतारचढावका बीच ४.८५ अंकले बढेर नेप्से परिसूचक २६६८.१७ विन्दुमा अडिएको छ।

सेयर बजार सामान्य अंकले बढेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। अपर स्यांगी हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ९.६५ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ६.५५ अंकले बढ्यो।

यसदिन २९४ स्क्रिप्सको  ८ करोड ३१ लाख  २ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख  १२ हजार  ७०६ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सानिमा बैंकले १८ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाले १५ /१५ करोडको कारोबार गरे। यसैगरी एनएलजी इन्स्योरेन्सको ९  करोड ९१ लाख मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएका १३० स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। ११ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

९ समूहको उपसूचक बढ्दा चार समूहको उपसूचक भने ओरालो लाग्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.