विमानस्थलमा खचाखच यात्रु

विमानस्थलमा खचाखच यात्रु

काठमाडौं : बाढी पहिरोले देशका मुख्य राजमार्गहरू भत्काएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको छ। दसैंले त्यो चाप झनै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार अहिले दैनिक अतिरिक्त चार सय सर्वसाधारणले आन्तरिकतर्फको हवाइ यात्रा गरिरहेका छन्। बाढी पहिरोले सडक भत्काएपछि प्राधिकरणले विमानस्थल पनि ४:३० बजेदेखि नै सञ्चालन गर्दै आएको छ। यसवर्ष हवाइ यात्रा गर्नेको संख्या २० प्रतिशतले बढेको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले बताए।

अघिल्लो दसैंहरूमा हवाई यात्रा गर्नेको संख्या १५ प्रतिशतले बढे पनि बाढी पहिरोले पारेको प्रभावका कारण २० प्रतिशतले बढोत्तरी भएको प्रवक्ता पाण्डेयको भनाइ छ। प्राधिकरणले चाडवाडका बेला विदेशी वायुसेवा कम्पनीहरूलाई भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न आग्रह गरेको छ।

nullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.