दोलखा बस दुर्घटना : गम्भीर घाइते भएका दुई जनालाई धुलिखेल लगियो

दोलखा बस दुर्घटना : गम्भीर घाइते भएका दुई जनालाई धुलिखेल लगियो

दोलखा : काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ०६३५ नम्बरको यात्रुबाहक बस बुधबार दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटना भएको हो। 

दुर्घटनामा ४२ जना घाइते भएकोमा २ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई च्छोरोल्पा अस्पताल चरिकोटले धुलिखेल अस्पताल काभ्रेमा रिफर गरेको दोलखाका प्रहरी प्रमुख डीएसपी युवराज खड्काले जानकारी दिए। घाइतेमध्ये ओखलढुंगाको लिखु गाउँपालिका-७ गाम्नाङटारकी ६ वर्षीया बालिका आरुषी खत्री र सोही स्थानकी ३३ वर्षीया दिपा खत्रीको अवस्था गम्भीर छ।
 

बसमा ४३ जना सवार रहेकोमा ४२ जना घाइते भएका थिए।  त्यस्तै ८ जनाको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.