लहानको एउटै डिलरमा भेटिएका ६० प्रतिशत म्याद गुज्रिएका पेयपदार्थ नष्ट

लहानको एउटै डिलरमा भेटिएका ६० प्रतिशत म्याद गुज्रिएका पेयपदार्थ नष्ट

सिरहा : सिरहाको लहानका एउटै डिलरमा ६० प्रतिशतभन्दा बढी म्याद गुज्रिएका पेयपदार्थ भेटिएका छन्। त्यो पेयपदार्थ अनुगमन टोलीले डिलरमै नष्ट गराएका छन्।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्ष निरस चौधरीले आफ्नो पत्नी मन्जु साहको नामले सञ्चालन गरेका कृष्णा सप्लार्यस लहान-३ मा ६३ लाख ७३ हजार ६०० मूल्य बराबरको कोकोकोला, स्प्राइट र वियर नष्ट गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी, खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन राजविराजका प्रतिनिधि अनुगमन गरिएको हो।

उपभोक्तालाई बिक्री वितरण नगरोस भनेर म्याद गुज्रिएका पेयपदार्थ नष्ट गरिएको वाणिज्य कार्यालयका सुचना अधिकारी दिलिप खंगले जानकारी गराए। यहाँ ६० प्रतिशत भन्दा बढी म्याद गुज्रिएका पेयपदार्थ भेटिएको हो। पहिलो पटक नगरपालिकाका उपमेयर रामचलितर महतोको नेतृत्वमा अनुगमन गर्दा पनि ठूलो परिमाणमा पेयपदार्थ म्याद गुज्रेका भेटेका थिए। त्यस दिन १ लाख २५ हजार ६८० मूल्य बराबरको पेयपदार्थ नष्ट गरेर ३ दिनभित्र बाँकीलाई व्यवस्थापन गर्न निर्देशन दिएका थिए। तर, फेरि अनुगमन टोली पुग्दा तोकिएको समयमा व्यवस्थापन गरेको नभेटेपछि पुनः २ लाख ६ हजार बराबरको पेयपदार्थ नष्ट ११ हजार जरिवाना गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.