विपन्न परिवारलाई सोलार सहयोग

विपन्न परिवारलाई सोलार सहयोग

कालीकोट : जिल्लाको शुभकालिकास्थित छातीका विपन्न परिवारलाई गाउपालिकाले सोलार सहयोग गरेको छ। वडा नं. १ छातीका करिब पचास विपन्न जनजाति तथा दलित परिवारलाई गाउँपालिकाले सोलार सहयोग गरेको हो। गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले घरमा उज्यालो नहँदा विद्यार्थीको पढाइमा बाधा भएको गुनासो आएपछि उज्यालोका लागि ५० वाटको सोलार सेट हस्तान्तरण गरेको बताइन्। 

उनले भनिन्, 'पालिकाको वडा नं १ बाट यस्ता घरधुरी छनोट गरी उत्योलो बस्ती बनाउने नीतिका साथ विपन्न ५० घरधुरीलाई सोलार वितरण गरेका छौं। अब सोलार घरमा भएपछि विद्यार्थीको पढाइमा समेत सुधार हुनेछ। शिक्षामा गुणस्तर कायम गर्न पालिकाले शैक्षिक अभियान सञ्चालन गरेको छ। विद्यार्थीको घरमा जलाउने बत्ति नभएकाले पढाईमा समस्या आउने दिन क्रमश सुधार हुँदै जानेछ। '

शुभकालिका गाउपालिकामा जम्मा ८ वटा वडा छन्। जसमा जनजाति र दलित समुदायको बाक्लो बस्ती छ। प्राय: जनजाति र दलित समुदायको घरमा उज्यालो गर्ने सोलार छैन। घरपरिवारको दैनिकी कष्टकर भएझै बिधार्थिको पढाईमा समेत समस्या उत्पन्न भएको छ। यसको उदारणको रुपमा जनता माध्यामिक विद्यालय छातीमा अध्यनरत छात्रा हजुरा सुनार भएकी छन्। उनी कक्षा ३ मा पढ्छिन्। उनको घरमा उज्यालोको लागि कुनै पनि साधन छैन। 

हजुराको घरमा १६ वर्ष अगाडि कर्णाली उज्यालो कार्यक्रमबाट मिलेको टुक्किमारा अहिले बिग्रिसकेको छ। विद्यालयले दिइएको गृहकार्य उज्यालोको अभावले गर्न नसक्दा विद्यालयमा नियमित्त जान सकेकी छैनन्। हजुराको अवस्था जस्तै कक्षा ७ मा अध्यानरत छात्र सन्दीप बुढा मगरको पनि छ। उनलाई प्रत्येक दिन साँझ पर्ने वित्तिकै कसरी पढ्ने भनेर चिन्ता लाग्छ। पालिका सरकारले गाउँपालिका भरी यस्ता घरधुरीको सर्वेक्षण गरेर सोलार बितरण गरेपछि छातीस्थित कर्णाली माविमा अध्यानरत छात्रा र छात्र निक्कै हर्षित छन्।  

वडा नं. १ निवासी तथा वडापालिका सदस्य धिरवहादुर बिष्टले बिद्युत् नपुगेर अँध्यारोमा बस्न बाध्य नागरिकलाई गाउँपालिका सरकारले सोलार वितरण गर्दा आफू खुसी भएको बताए। छाती गाउमा मगर बस्ती भएकाले भाषाको पनि समस्या छ। स्थानीय सरिता बुढामगरले विद्यालयमा स्थानीय पाठ्यक्रममा मगर भाषा नसमेटेकाले बालबालिकालाई बुझ्न र बुझाउन पनि समस्या भएको बताइन्। 

त्यस्तै वडासदस्य मानबहादुर बिष्टले आफ्नो वडामा रहेका विपन्न ५० घरपरिवारले सोलार पाउँदा आफू खुसी भएको उनले बताए। उनले भने वडाले गरेको घरधुरी सर्वेक्षणका आधारमा पालिकाले सोलार उपलब्ध गराएको प्रती स्थानियबासि हर्षित छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.