सडक खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी

सडक खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी

काभ्रे : महाभारत र खानीखोला गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण बाढीपहिरो गएर सडक, विद्युत र सञ्चार सम्पर्क विहीन भएको क्षेत्रमा सडक सञ्जाल खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी गरिएको छ। दशैंको बेलामा आम नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि अवरुद्ध सडक खुलाएर यातायात सञ्चालन गरी सेवा प्रदान गर्न हवाई मार्गबाट इन्धन ढुवानी गरेको हो।

धुलिखेलदेखि खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत दुई हजार लिटर डिजेल ल्याइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए।

बाढी पहिरोको कारण केन्द्र जोड्न कुनै पनि सडक नभएको तत्काल चल्ने बनाउनको लागि डिजेल आवश्यक रहेकोले सेनाको हेलिमार्फत ल्याइएको अध्यक्ष थिङले बताए। पनौती बनेपा जोड्ने मुख्य सडक खोपासी–कामीडाँडा–स्याउरीथली–तालढुंगा र तालढुंगा सुकुमफेदी बाटोलाई पनि खुलाउने काम भइरहेको अध्यक्ष थिङले बताए। 

त्यसैगरी जिल्लाको महाभारत गाउँपालिकाको केन्द्र देवीटारलाई जिल्ला सदरमुकामसंग टुटेको सडकसञ्जाल जोड्नको लागि हेलिकप्टरमार्फत डिजेल ढुवानी गरी काम भइरहेको छ। नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन डिजेल लगेर काम गरिरहेको गाउँ पालिका अध्यक्ष कान्छा लाल जिम्बाले जानकारी दिए। गाउँपालिका केन्द्रदेखि महादेवटारतर्फ र महादेवटारबाट सानो पोखरा, ठूलो पोखरा पात्ले, स्याप्लेडाँडातर्फ सरसफाई कार्य अगाडि बढाएको अध्यक्ष जिम्बाले जानकारी दिए।

प्राकृतिक विपत्तिमा परेर सडकसँगै विद्युत सेवा र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि पालिकाले सडक, विद्युत र सञ्चारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।  सडक सञ्जालहरु बाढीपहिरोले क्षति पुगेपछि नागरिकलाई खाद्यान्न, विद्युत, सञ्चार र स्वास्थ्य उपचार गर्न जिल्ला सदरमुकामसँग जोड्न पालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष जिम्बाले बताए।

जिल्लाको दुई पालिका महाभारत र खानिखोला गाउँपालिकामा विद्युतको धेरै खम्बाहरु वर्षाले ढलेको कारण ढुवानीमा समस्या, तार व्यवस्थापनमा कठिनाइका कारण अझै विद्युत प्रसारण लाइन सुचारु गर्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.