विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी
काठमाडौं : मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदैछ । च्याम्पियनसिपमा इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नीराजनले किक बक्सिङकै ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् ।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू बुधबार जर्मनी प्रस्थान गरेका हुन् । टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले बिदाइ गरे ।
तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले जानकारी दिए ।