मालश्री : नेपाली हृदयको दसैं धुन

संगीत

मालश्री : नेपाली हृदयको दसैं धुन
फाइल तस्बिर ।

दसैंलाई दस प्रकारका शत्रु वा असुर अर्थात् काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी माथि विजय प्राप्त गर्ने चाडका रूपमा पनि लिइन्छ।

माल श्री धुनले नेपालीको महान् चाड दसैं लिएर आउँथ्यो। दसैंको नयाँ उत्साह र सञ्चार लिएर आउँथ्यो। शरद ऋतुलाई साथमा लिएर आउँथ्यो। यसलाई दसैं धुन, शरद धुन, विजय धुन, आशीर्वाद धुन वा मौसम धुन पनि भनिन्थ्यो। साथै यस धुनलाई श्रीसम्पत्ति र धनधान्यकी देवी लक्ष्मीको आशीषका रूपमा पनि बुझिन्थ्यो।

दसैं महिषासुर राक्षसको वध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्डमुण्ड, रक्तबीज तथा शुम्भनिशुम्भलाई वध गरेको खुसीयालीमा मनाइने चाड हो। अर्थात् असत्य माथि सत्यको विजयको उल्लासमा मनाइने चाड हो। एकापसमा खुसीयाली साटासाट गरिने चाड हो। विजयको प्रतीकात्मक रंग हो रातो। अत :  नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ।

नेपालमा करिब चार सय वर्षअघि (सत्रौं शताब्दी)देखि यो धुन बज्न थालेको यसका विज्ञ बताउँछन्। गोर्खाका राजा पृथ्वीनारायण शाहको पालादेखि दसैंको फूलपाती भिœयाउँदा यो धुन बजाउने र गाउने चलन रहेको इतिहासका पानामा पढ्न पाइन्छ। माल श्री शब्दको संरचना माल र श्री मिलेर बनेको छ। जहाँ माल भन्नाले वस्तुजन्य सामान र श्री भन्नाले धनकी देवी लक्ष्मीलाई जनाउँछ। यसको पूर्ण अर्थ हुन्छ– धनसम्पत्ति प्राप्तिका लागि देवी दुर्गाको लक्ष्मी रूपलाई प्रसन्न गराउन माल श्री धुनका साथ अर्पण गरिने फूलपाती, प्रसादादी आदि।

माल श्री धुन हाम्रो वैदिक सम्पत्ति हो। निकै हार्दिक र आत्मीय धुन वा संगीत हो। किनकि यसमा संगीतकारहरूले शास्त्रीय राग र ताल प्रणालीमा आधारित भक्ति संगीत प्रदर्शन गर्ने गर्छन्। मूलत :  यो धुन काठमाडौं उपत्यकाको नेवारी संस्कृतिसँग सम्बन्धित छ। अत :  यो नेवारी संस्कृतिको लोकसंगीत हो। तथापि पछि यो धुन सम्पूर्ण नेपाली संस्कृतिसँग गाँसिन पुग्यो। हुँदाहुँदै यो नेपालीको महान् चाड दसैंको धुन बन्न पुग्यो।

संगीत चन्द्रलाई माल श्री धुनको सबैभन्दा प्रारम्भिक पुस्तक मानिन्छ। नेवारी भाषामा लेखिएको यो ग्रन्थका ग्रन्थकार भक्तपुरका राजा जगतज्योति मल्ल र उनका मन्त्री वंशमणि ओझा थिए। यो ग्रन्थ नाट्य शास्त्रको परिशिष्टका रूपमा लेखिएको छ। त्यसो त राजा महिन्द्र मल्ल (विसं १५६०–१५७४) लाई नेवारीको पहिलो कवि मानिन्छ। मल्ल राजामध्ये अन्य उल्लेखनीय नेवारी कविहरू हुन्– सिद्धिनरसिंह मल्ल (१६१९–१६६९), प्रताप मल्ल, रणजित मल्ल र जयप्रकाश मल्ल। सिद्धिनरसिंह मल्ल नेवारी भाषाका प्रथम नाटककार थिए।

सितार, तबला, धिमेलाई आध्यात्मिक धुनका प्रतीकका रूपमा लिइन्छ। यीमध्ये सितार र तबलालाई माल श्री धुन जन्माउने वाद्ययन्त्र भनेर भनिन्छ। यसमा सारंगी र बाँसुरीको महत्त्वलाई अझ विशेष मानिन्छ। माल श्री धुन नेपालीको महान् चाड दसैं (नौरथा) मा बजाइने वर्षभरिको प्रतीक्षित मंगल धुन हो।

नौरथाका साथमा दसैंका अन्य नामहरू हुन्, दसहरा, विजयादशमी, नवरात्रि, आयुध पूजा। आफ्ना नाता–कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने र नयाँनयाँ कपडाहरू लगाउने अनि आफ्नो क्षमताअनुसार मीठो खाना खाने, ख्वाउने, घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्गर राख्नेजस्ता काम यस चाडका विशेष विशेषता हुन्। दसैंलाई दस प्रकारका शत्रु वा असुर अर्थात् काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी माथि विजय प्राप्त गर्ने चाडका रूपमा पनि लिइन्छ।

मालश्री धुन वीरता पूजनको संगीत पनि हो। हिन्दु संस्कृति वीरता र सौर्य पूजनको उपासक र आरधक हो। परन्तु यस्तो महत्त्वको धुन जो दसैंमा गाउँघरमा क्लाँटा बाजासँगै बजाउने गरिन्थ्यो, आज विस्तारै अरू आयातीत संस्कार र संस्कृतिबाट विस्थापित हुँदै गएको छ। रेडियो र टेलिभिजनमा प्रशस्त सुन्न पाइने त्यो हृदयले रमाउँदै स्वीकारेको धुन अहिलेका पुस्तालाई थाहा नै नभएको अवस्थामा पुगेको छ।

मालश्री धुन हाम्रो वैदिक सम्पत्तिा हो। निकै हार्दिक र आत्मीय धुन वा संगीत हो। किनकि यसमा संगीतकारहरूले शास्त्रीय राग र ताल प्रणालीमा आधारित भक्ति संगीत प्रदर्शन गर्ने गर्छन्। मूलत :  यो धुन काठमाडौं उपत्यकाको नेवारी संस्कृतिसँग सम्बन्धित छ। अत :  यो नेवारी संस्कृतिको लोकसंगीत हो।

राजाको पालामा अर्थात् पञ्चायती व्यवस्था हुँदाको अवस्थामा सञ्चारका हरेक माध्यममा यो धुन दसैंभरि सुन्न पाइन्थ्यो। शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने माल श्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीतसंगीत बजाएर दसैं मनाउनु भनेको निकै दु : खद् कुरा हो। यस्तो स्थितिमा पनि राज्य कानमा तेल हालेर बस्नु यो झनै दु : खद् कुरा हो।

नौरथाको यो समयमा गन्धर्व जातिहरू सारंगीमार्फत माल श्री धुन बजाउँदै घरघरमा पुग्थे। जब उनीहरू पुग्थे, तब थाहा हुन्थ्यो– दसैं आरम्भ भएछ। गन्धर्व जातिहरूलाई यो बेलामा घरघरमा गएर माल श्री धुन बजाउन भ्याइँनभ्याइ हुन्थ्यो। किन्तु अचेल मन निकै खिन्न हुन्छ। अहिलेको पुस्ताले यो धुन सुन्नै पाएका छैनन्। यो धुनलाई राज्यले रोकै लगाएको हो कि भन्ने भान हुन थालेको छ। यसर्थ उनीहरूले न गन्धर्वहरूले बजाएका माल श्री धुन सुन्न पाए न त सञ्चार माध्यममार्फत पहिले झैं यत्रतत्र बजेको सुनेर रमाउन र त्यसबाट प्राप्त विजयको ऊर्जा नै लिन पाए।

अझ स्पष्ट भन्नुपर्दा उनीहरूलाई नयाँ पुस्ताले यसको महत्त्व बुझ्नै पाएनन्। अर्थात्, बुझ्नै दिइएन। पुरानो पुस्ताले माल श्री धुन नसुनेसम्म दसैं आएको अनुभूति गर्दैनथे। यस्तो अनुभूति नयाँ पुस्ताले गर्नै पाएनन्। अत :  यदि यो महत्त्वपूर्ण धुन लोप भयो भने यसको प्रमुख कारक भनेको राज्य नै हुनेछ। यसैको कारण सारंगी पनि लोप हुन सक्छ। अत :  राज्यले गन्धर्व समुदायको पेसा संरक्षण र व्यवस्थापन गर्न र सारंगीलाई निरन्तरता दिनमा निकै उत्साहहीन देखिन्छ। राज्यले माल श्री धुन र सारंगीलाई पाठ्यपुस्तकमा राखेर पढाउने व्यवस्था गर्नुपर्ने हो। तर यस सम्बन्धमा राज्य मात्रै सत्ताको कुर्सीमा विदेशीको कठपुतली बनेर टुलुटुलु हेरेको अवस्था छ भन्दा अत्युक्ति हुँदैन।

मालश्री धुनको ऐतिहासिक किंवदन्तीअनुसार यो धुन देवीको गुनगानका लागि बजाइन्थ्यो। यो धुनबाट देवी प्रसन्न भएर विद्या, धन र शक्ति प्रदान गर्छिन् भन्ने मान्यता थियो। यसैले घर वा मन्दिरमा देवीको पूजा सुरु गर्नुपूर्व यो धुन बजाइने चलन व्यापक थियो। यो धुन राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रचार हुन थालेको थियो। पछि आएर यस धुनलाई मौलिक नेपाली लोकधुनका रूपमा लिइन थाल्यो।

त्यसो त हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दसैंभरि नै माल श्री धुन बजाइने गरिन्थ्यो। पृथ्वीनारायण शाहपछि शाहवंशका राजाहरूले यसलाई निरन्तरता दिँदै आएका थिए। पहिलेपहिले माल श्री धुनका लागि बढी मात्रामा नौमती बाजा बजाउने गरिन्थ्यो। अत :  यो धुन साढे चार सय वर्षदेखि नेपालीको मनमनमा गुञ्जिरहेको मौलिक धुन हो। माल श्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रूपमा मानिने चाडलाई संकेत गर्छ।

सयौं वर्ष अघिदेखि माल श्री धुन नेपाली समाज र उनीहरूको हृदयसँग गाँसिएर आएको धुन हो। अत :  यस मौलिक धुनलाई सकिन्छ भने नबिग्रिने गरी अझ परिष्कृत र विकसित गर्दै अरू अनेकौं शताब्दीसम्म दिगो र जिउँदो राख्नु राज्य र हामी सम्पूर्ण नेपाली नागरिकको प्रमुख कर्तव्य हो। अस्तु !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.