म्याग्दीका किसान दंग

लोभलाग्दो आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

लोभलाग्दो आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानी । तस्बिर : सन्तोष गौतम

बेनी : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् ।  म्याग्दीमा यसअघि अकबरे खुर्सानीको व्यवसायिक खेती भएको थिएन । घरायसी उपभोगका लागि मात्र अकबरे खुर्सानी खेती हुँदै आएको थियो । 

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले भकिम्लीका कृषकले व्यक्तिगत र सामूहिक रुपमा व्यवसायिक अकबरे खेती गर्न थालेका जानकारी दिए । ‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यवसायिक अकबरे खुर्सानी खेती सफल देखिएको छ,’उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।’

भकिम्लीको गंगा पशुपंक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो,मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर एक लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको बताए ।  

‘बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री भएको छ,'उनले भने,‘परम्परागत अन्नबालीको तुलनामा खुर्सानी खेतबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।’ 

आलेका साथै बेलढुंगा कृषक समूहले सात रोपनी, चिनाखेतका दिपक पुन, दिवस घर्तीलगायतका किसानले व्यवसायिक अकबरे खुर्सानी खेती गरेका छन् । बेलढुंगा कृषक समूहका सचिव भिमबहादुर रोकाले ताप्लेजुङबाट बिउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानी खेती सफल भएपछि व्यवसायिक खेती थालेको बताए ।  

१९ जना किसानले पाँच/पाँच लाख रुपैयाँका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाईसराईसँगै बाझिएको खेतबारीमा खनजोत गरि खुर्सानी, किबी, सुन्तला, आलु खेती र नर्सरी सञ्चालन गरेका छन् ।  दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राती १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ । 

खुर्सानी खेती भकिम्लीका कृषकलाई तरकारी खेती प्रर्वद्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.