राँगोले हानेर एक जनाको मृत्यु
काठमाडौं : राँगोले हानेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ गैरीगाउँका ४० वर्षीय धनान्जय आचार्य रहेका छन्।
भैँसी चराउन गएका आचार्य साँझसम्म पनि नफर्किएपछि खोजी गरिएको थियो। स्याङजाको पुतलीबजार नगरपालिका-६ ठुलाखेतस्थित जंगलमा उनको शव फेला परेको थियो।
सूचना पाएपछि प्रहरी चौकी भरत पोखरी कास्कीबाट प्रहरी टोली घटनास्थलमा गएको थियो।