बडा दशैं

मुस्ताङमा फूलपाती भित्र्याइयो, मुक्तिनाथमा विशेष पूजा

मुस्ताङमा फूलपाती भित्र्याइयो, मुक्तिनाथमा विशेष पूजा
तस्बिर : अन्नपूर्ण

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्परा अनुसार बडा दशैं पर्वको फूलपाती भित्र्याइएको छ । नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले आश्विन शुल्क सप्तमीको दिन बिहीबार आ-आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका छन् ।

मुस्ताङको जोमसोमस्थित नारायण दल गणबाट नेपाली सेनाले नवरात्रको पहिलोदिन घटस्थापनामा  राखिएका फूलपातीलाई बाँजागाँजासहित जोमसोमको गणेश मन्दिरमा पुर्‍याएको थियो ।यसैगरी जोमसोमस्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालयले आ-आफ्नो फूलपाती गणेश मन्दिर पुर्‍याएका थिए । यसरी लगिएको फूलपाती गणेश मन्दिर पुर्‍याएपछि ३ वटै सुरक्षा निकायका पुरोहितहरले सामूहिक पुजाआजा गरेका थिए ।

null

फूलपातीको हिन्दु धार्मिक परम्परा अनुसार पुरोहितले पुजापाठ गरेपछि नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भगवती सलामी अर्पण गरेका थिए । फूलपाती भित्र्याउने कार्यक्रममा नारायण दलगणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी सुर्यबहादुर बोगटी र सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटरका प्रमुख डिएसपी मनिकर्ण राई लगायत ३ वटै सुरक्षा निकायको उपस्थिति जनाए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित टेक पौडेलले फूलपाती भित्र्याउने कार्यक्रमले दशैं पर्व विधिवत शुभारम्भ भएको सन्देश प्रवाह गर्ने उल्लेख गरे ।उनका अनुसार नवरात्र अवधिभर नवदुर्गा भवानीको नियमित पुजाआजा हुने, नवपत्र अर्थात नौ प्रकारका वस्तु मिश्रण गरिएको फूलपाती नजिकैको शक्ति पीठमा पुजाआजा गरेपछि पुनः आआफ्नो स्थानमा भित्र्याउने प्रचलन रहेको छ । मुस्ताङमा सेना,सशस्त्र र प्रहरीले आ—आफ्नो दुर्गा मन्दिरमा फूलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित पौडेलको भनाइ छ । 

null

फूलपातीमा धान,हलेदोको पात,उखुको पात,वेलपत्र, केराको पात,अदुवा,कुभिन्डो केराल आदी  नौ प्रकारको वस्तु समावेश गरिएको हुन्छ । नवरात्र सुरु भएदेखि घटना स्थापनाको दिनसम्म नियमित आ—आफ्नो स्थानको दुर्गा मन्दिरमा फूलपातीको नियमित पूजाआजा गरिने पुरोहित पौडेलले बताए । यसरी नवरात्रको आठौं दिन कालरात्रीको पुजा हुने र कालरात्रीमा कालो बोको बली दिने चलन छ । यस्तै, नवमीमा नवमी पुजा हुने र दशैं पर्वको दिन देवीलाई विर्सजन गरिने उनले बताए ।

विभिन्न कारणले दशैं पर्वमा आफ्नो घर जान नपाएका ३ वटै सुरक्षा निकायका सैनिक तथा प्रहरीहरूले आफ्नो स्थानबाट दशै टिका ग्रहण गर्ने गर्छन् । मुस्ताङको जोमसोममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाँजागाँजासहित फूलपाती भित्र्याउने कार्यक्रमलाई जोमसोमका स्थानीय नागरिक र पर्यटकले निकै उत्सुकतापूर्वक अवलोकन गरेका थिए ।

null

यसैगरी बडा दशै फूलपातीको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा बिहिबार बिहान विशेष पुजा सम्पन्न भएको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा पुजारी कृष्णप्रसाद सुवेदीले नवदुर्गा भवनीको विशेष पूजा गरेका उनले बताए । 

बडा दशैंको दिन विभिन्न कारणले दशैं टिका लगाउन नपाएकाहरूलाई पुजारी कृष्णप्रसाद सुवेदीले टिका र जमरा लगाएर आर्शिवाद दिने गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.