सम्भव भए दुर्गासप्तशती विधिपूर्वक पाठ गर्न सकिन्छ। पूरा सम्भव नभए शुद्घसँग दुर्गाकवच पूर्णरूपमा पाठ गरे हुन्छ। दुर्गादेवीको कृपा अवश्य मिल्छ।
नवरात्रको महिमा : नवरात्र हरेक चान्द्रमासको शुक्ल प्रतिपदादेखि नवमीसम्म पर्छ। साधकहरूका लागि तन्त्रशास्त्रअनुसार माघ, चैत, असार र आश्विनको नवरात्र बढी महत्त्वपूर्ण हुने गर्छ। किनकि यही समय देवीको भोजन, शयन, कोल्टे फेर्ने र बिउँझिने बेला हो। यी बेलामध्ये पनि वासन्तिक र शारदीय नवरात्र विशेष रूपले प्रसिद्ध छ। चैत र आश्विनको नवरात्रमा पनि आश्विनमा पर्ने शारदीय नवरात्र शक्ति जागरणका लागि सर्वाधिक महत्त्वको हुन्छ भनेर स्वीकार गरिएको छ।
मार्कण्डेय पुराणको देवी माहात्म्यमा यसको विशेष वर्णन छ। यस नवरात्रमा जसले देवीको माहात्म्य विधिपूर्वक सुन्दछ वा देवीको निमित्त अनुष्ठान गर्दछ। त्यसले सबै बाधालाई पार गर्दै धनधान्य पुत्रादि सन्ततिहरू र प्रतिष्ठा हासिल गर्छ। ‘शरत्काले महापूजा... (दुर्गा सप्तशती ११/१२–१२)।
कुल परम्पराअनुसार नौ दिनसम्म नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री) देवीको पूजा व्रत अनुष्ठान गरिने सनातनीहरूको धार्मिक सांस्कृतिक आध्यात्मिक पर्वलाई नवरात्र वा नौरथा भनिन्छ। यस नौरथामा दीक्षित साधकहरू
महाविद्या–
काली तारा षोडशीच बगला भुवनेश्वरी
धुमा छिन्ना च मातङ्गी भैरवी कमलात्मिका
अथवा सिद्धविद्या–
कुब्जिका चण्डिका बाला सिद्धलक्ष्मी सरस्वती
अन्नपूर्णा च गायत्री पार्वती चापराजिता
विन्ध्यादिवासिनी ह्येता : सिद्धविद्या : प्रकीर्तिता : जसको पूजा उपासना गर्ने गर्छन्। रुद्रयामल, देवीयामल, भद्रकालीकल्प, उग्रचण्डी कल्प, मार्कण्डेय पुराण, पुरश्चर्यार्णव, देवीभागवत आदि तान्त्रिक र पौराणिक ग्रन्थहरूमा देवी उपासनाका विषयमा प्रशस्त उपायहरू उल्लेख गरिएका छन्। न्यास, मन्त्र र विनियोगको विस्तृत विवरण मन्त्र महार्णवमा पनि भेटिन्छ। शैव शाक्ततन्त्रको विषय नै शक्ति उपासनामा केन्द्रित छ। सनातनधर्मी साधकहरूले शक्ति जागरणका लागि नवरात्रमा नौओटी देवीहरूको पूजा अनुष्ठान गर्ने परम्परा धेरै प्राचीन कालदेखि चलिआएको हो। त्यसका लागि विशेष अवसर हो, आश्विन शुक्लपक्षको नवरात्र। विविध नाम रूप भएका नौथरी देवीहरूको उपासना गरिने हँुदा यस पर्वलाई नवरात्र भनिएको हो।
व्रत अनुष्ठानको परिपालन : लोकमान्यताअनुसार आशौच आदि परेका बेला देवीको पूजा अनुष्ठान गर्न हुँदैन। वारण पूरा भएपछि दिन छोट्ट्याएर पनि अनुष्ठान गर्न सकिने कुरा धर्मसिन्धुमा उल्लेख छ। विविध कारणले नौ दिनसम्म व्रत अनुष्ठानमा सहभागी हुन नसक्ने मानिस फूलपातीदेखि नवमीसम्म, महाष्टमी वा महानवमीको दिनमा पनि पूजा अनुष्ठान गर्न सक्छन्। अभ्यास र शारीरिक क्षमताअनुसार केही पनि नखाई, फलाहार गरी, दिउँसोको मुख्यकाल वा रातमा एक छाक खाई, पानी मात्र पिएर वा नपकाएको सादा अन्न ग्रहण गरेर पनि नवरात्रको व्रत अनुष्ठान गर्न सकिन्छ।
उपवास भनेको इष्टसिद्धिका लागि आराध्या शक्तिको नजिक हुनु हो। नखाएर खानामै मन अल्झिरह्यो भने पनि अनुष्ठान पूर्ण हुँदैन। चित्त अस्थिर र विचलित हुनु भएन। स्वल्पाहार गरेर, रिसराग झै–झगडा छोडेर एकाग्रचित्तले देवी आराधनामा सक्रिय हुनुपर्छ। शरीर आलस्य र प्रमादरहित भयो भने व्रत अनुष्ठानमा सहयोग पुग्छ। संकल्प र प्रतिज्ञा दृढ भयो भने व्रत अनुष्ठान सहज हुन्छ।
आसनको स्थिरता : फल प्राप्ति कामनाले गरिने कुनै पनि पूजा अनुष्ठानमा आसनको स्थिरता र मनको एकाग्रता आवश्यक पर्छ। उद्देश्य पवित्र छैन भने तन्त्र र शक्ति उपासनाले प्रतिफल नदिन सक्छ। व्यक्ति, राष्ट्र र लोककल्याणको भावनाले गरिने पूजा अनुष्ठानहरूमा सात्विक भावको अपेक्षा रहन्छ। मायावी, अधर्मी र क्रूर कर्ममा प्रवृत्ति राख्ने मनुष्यको साधना दीर्घकालसम्म फलीभूत हुँदैन।
लंकामा राम र रावण पक्षका बीच युद्ध चलिरहेको थियो। यज्ञविधान र तन्त्रविद्याका ज्ञाता इन्द्रजितले राक्षसहरूको अभ्युदयका लागि शक्ति प्राप्त गर्ने उद्देश्यले निकुम्भिला चैत्यमा पूजा हवन आरम्भ गरे। ‘गतश्चैत्यं निकुम्भिलाम्’ (वाल्मीकि रामायण युद्धकाण्ड ८२।२५) ब्रह्मास्त्रले सुसज्जित हुँदा पनि इन्द्रजितले युद्ध जित्न सकेनन्। आसन स्थिर भएन, संकल्प अपुरो रह्यो। अनुष्ठानकै बिचमा युद्ध गर्न आतुर देवद्रोही राक्षस वर्गले दिव्यास्त्रहरू हुँदाहुँदै पनि सफलता हासिल गर्न सकेनन्। त्यसैले स्थिरासन र पूर्ण निष्ठा एवं समर्पणको भाव शक्ति साधनामा प्रबल रहन्छ।
दुर्गा देवीको स्वरूप : देवी अथर्वशीर्षमा उल्लेख भएअनुसार सबै देवताले देवीको नजिक पुगेर नम्र भई सोधे, ‘तिमी को हौ ?’ देवीले भनिन्, ‘ब्रह्मस्वरूपिणी हुँ। मबाटै प्रकृति पुरुषात्मक सद्रूप र असद्रूप जगत्को उत्पत्ति भएको हो। आनन्दरूपा हुँ। विज्ञान र अविज्ञान रूपा हुँ। जानने योग्य ब्रह्म र अब्रह्म, पञ्चीकृत र अपञ्चीकृत महाभूत पनि मै । दृश्य जगत्को कणकणमा बसेकी छु। वेद र अवेद, विद्या र अविद्या, अजा र अनजा मै हुँ।
तल, माथि, यता र उता सबैतिर छु। रुद्र र वसुहरूलाई, आदित्य र विश्वदेवहरूलाई, मित्र र वरुणलाई, इन्द्र र अग्निलाई एवं अश्विनी कुमारहरूलाई भरणपोषण गर्ने मै हुँ। सोम, त्वष्टा, पूषा र भगलाई नि अड्याएकी छु। सृष्टि, स्थिति र प्रलयको कारकमै हुँ। महाकाली, महालक्ष्मी, महासरस्वती र महात्रिपुरसुन्दरी मेरै रूप हुन्। प्राणीहरूमा जीवनदायिनी शक्ति मै हुँ।’
सनातन इतिहास, परम्परा र शास्त्रको वर्णेय विषयसँग अपरिचित हुनेहरू लैंगिक समानताको कुरा उठाउने गर्छन्। देवीको उपासना पद्धति उठाएर हेर्दा स्त्री तत्त्व नै जीवन र जगत्को महत्त्वपूर्ण पक्ष हो भन्ने बोध हुन्छ। रात्रिसूक्तमा ब्रह्माले महाकालीको स्तुति गर्दै भने– स्वाहा, स्वधा र वषट्कार तिमी नै हौ। तिमी जीवनदायिनी सुधा हौ। नित्य ओंकाररूप प्रणवमा अकार, उकार, मकार र विन्दुनाद पनि तिमी नै हौ। तिमी नै यस विश्व ब्रह्माण्डको भार वहन गछ्र्याै। तिमीबाट नै जगत्को सृष्टि हुन्छ। पालन पनि तिमी नै गछ्र्यौ। अन्तिममा संहार पनि तिमी नै गछ्र्याै। सृष्टिरूपा, स्थितिरूपा र संहाररूपा तिमी नै हौ।
महाविद्या, महामाया, महामेधा, महास्मृति, महामोहरूपा, महादेवी र महासुरी पनि तिमी नै हौ। तिनै गुणलाई उत्पन्न गर्ने सबैको प्रकृति पनि तिमी नै हौ। सद्रूप असद्रूप जे जे शक्तिहरू छन् ती सबै तिमीबाट नै स्फुरण भएका हुन्। आँखाले देखिने दृश्य, कानले सुनिने र मुखले बोलिने शब्दरूपा तिमी नै हौ। दुर्गा सप्तशतीको एघारौं अध्यायमा उल्लेख छ, हे देवी ! सबै विद्या तिम्रै भेद हुन्। संसारमा जन्मिने र हुर्किने सबै स्त्रीहरू तिम्रै रूप हुन्। तिमी मात्र सारा विश्व जगत्मा व्याप्त छ्यौ।
तिम्रो स्तुतिगान गरेर टुंगिदै टुंगिँदैन।’
विद्या : समस्तास्तव देवि भेदा :
स्त्रिय : समस्ता : सकला जगत्सु।
त्वयैकया पूरितमम्बयैतत्
का ते स्तुति : स्तव्यपरा परोक्ति : (११।६)
दुर्गा उपासनाको फल : ब्रह्माण्डको प्राणशक्ति दुर्गादेवीको उपासना गरेर पाइने फलको वर्णन पनि बयान गरेर सकिँदैन। ‘दु : खेन गम्यते ज्ञायतेऽस्याम्‘ (ड प्रत्यय) ‘दु : खेन गियते स्तुयते’ वा (अङ्प्रत्यय) व्युत्पत्ति गर्दा दुर्गा शब्दको निष्पत्ति हुन्छ। कठिन परि श्रम गरेर जानिने, बुझिने र पुज्न सकिने दुर्गादेवीको उपासना गर्दा चारै पुरुषार्थ हासिल हुन्छ। विविध पूजा उपकरण वा चन्दन फूल धुप आदिले पूजा गरेर दिव्य गुण भएकी सर्वव्यापिका सदाचारिणी दुर्गादेवीको गुणानुवाद गर्दा धन, पुत्रादि सन्तति, बुद्धि र उत्तम गति पाइन्छ।
ददाति वित्तं पुत्रांश्च मतिं धर्मे गतिं शुभाम् (दुर्गासप्तशती)जानेर निष्ठापूर्वक दुर्गादेवीको आराधना गर्दा, उनको माहात्म्य र उत्पत्तिको कथा सुुन्दा अथवा पाठ गर्दा, उनले युद्धमा देखाएको पराक्रम सुन्दा मानिस निर्भय हुन्छ। ‘जायते निर्भय : पुमान्’ (ऐ. १२।१४) कल्याणमयी बुद्धि दिने दुर्गादेवीको विधिवत् उपासना गरेपछि गुमेको प्रतिष्ठा र राज्य पनि हासिल हुन्छ। दुर्गा उपासनाबाट सामूहिक कल्याण, भयनाश, विपत्तिनाश, सबै प्रकारको सुरक्षा र अभ्युदय, रोग र बाधा शान्ति, आरोग्य प्राप्ति, दु : ख नाश, शक्ति सामथ्र्य प्राप्ति, पारिवारिक सुखशान्ति, प्रसन्नता र भुक्ति मुक्तिको संयोग जुट्छ।
उपासना र विधिको अनुसरण : कर्म, ज्ञान र भक्तिकी त्रिवेगी दुर्गादेवीको उपासना, विधि र प्रक्रियावारे जिज्ञासा उत्पन्न हुनसक्छ। नवरात्र विशेष गरेर देवीतन्त्र अर्थात् शक्तितन्त्रमा आधारित पर्व हो। तन्त्रमा वामाचार र दक्षिणाचार दुई मुख्य मार्ग छन्। शक्तिको उपासना दुवै मार्गबाट गर्न सकिन्छ। वामाचार भडकलो छ। त्यसमा मारण मोहन उच्चाटन विदेषण आदि बोक्सेरो काम र त्यसै अनुसारको पूजा उपकरण र मन्त्रहरू प्रयोग हुने भएकाले सर्वसाधारणका लागि वामाचार विधि कठिन छ। साधारण जनले सरल र सुगम उपायबाट शक्तिको स्रोतसम्म पुग्ने बाटो रोज्नु पर्छ। सकाम अर्थात् सांसारिक सुख भोग, धन, मान, प्रतिष्ठाको चाहना राखेर श्रद्धा र भक्तिपूर्वक दुर्गा देवीको उपासना गर्न सकिन्छ। निष्काम अर्थात् कुनै
कामना नराखी केवल कर्तव्य ठानेर पनि श्रद्धा भक्ति पूर्वक दुर्गा देवीको उपासना गर्न सकिन्छ।
कर्मको फल र प्रभाव त जसरी पनि आइपर्छ। सुरथ राजा र समाधि नाम गरको वैश्य दुवैले दुर्गा देवीको उपासना गरेर फरकफरक फल पाए। मनोवृत्ति र स्वभाव अनुसार, वासना र त्यसको प्रभाव अनुसार मानिसहरू आराधनामा प्रवृत्त हुन्छन्। सर्वाङसुन्दरी महामाया भगवती दुर्गा देवीको उपासना पीठ र यन्त्र निर्माण गरेर, प्राणप्रतिष्ठा गरिएको मूर्ति स्थापना गरेर, शापोद्वार पूर्वक आरम्भ गर्नुपर्छ। नवग्रह र सर्वतोभद्रादि यन्त्र र यन्त्रस्थ देवताको अतिरिक्त आवाहन गरेर पनि कतिपय साधकहरू नवरात्रको आरम्भ गर्छन्। यसमा पनि साधन र स्रोतको पर्याप्त आवश्यकता पर्छ। जति ठूलो आकांक्षा त्यति ठूलो मनोबल।
हर्ष : कामश्च दर्पश्च धर्म : क्रोध : शमो दम :
अर्थादेतानि सर्वाणि प्रवर्तन्ते नराधिप
(वाल्मीकि रामायण युद्धकाण्ड ८३।३९)
प्रसन्नता, इच्छा, अभिमान, धर्म, रिस, शान्ति र दबाब यी सबै धन भएमा मात्र सफल हुन्छन्। जसको साथमा धन हुन्छ, उसको धर्म र कासरूप सारा प्रयोजनहरू सिद्ध हुन्छन्। त्यसैले संकल्प र आत्मबललाई दृढ गरेर आफूसँग जे जस्तो सामग्री उपलब्ध छ, त्यसैको प्रयोग गरेर दुर्गा देवीको उपासना गर्नुपर्छ। जमरा राखेको ठाउँमा बिहान र बेलुका बत्ती बाल्न सकिन्छ। सम्भव भए दुर्गासप्तशती विधिपूर्वक पाठ गर्न सकिन्छ। पूरा सम्भव नभए शुद्धसँग दुर्गाकवच पूर्णरूपमा पाठ गरे हुन्छ। दुर्गादेवीको कृपा अवश्य मिल्छ।
नवरात्रको महिमा : नवरात्र हरेक चान्द्रमासको शुक्ल प्रतिपदादेखि नवमीसम्म पर्छ। साधकहरूका लागि तन्त्रशास्त्रअनुसार माघ, चैत, असार र आश्विनको नवरात्र बढी महत्त्वपूर्ण हुने गर्छ। किनकि यही समय देवीको भोजन, शयन, कोल्टे फेर्ने र बिउँझिने बेला हो। यी बेलामध्ये पनि वासन्तिक र शारदीय नवरात्र विशेष रूपले प्रसिद्ध छ। चैत र आश्विनको नवरात्रमा पनि आश्विनमा पर्ने शारदीय नवरात्र शक्ति जागरणका लागि सर्वाधिक महत्त्वको हुन्छ भनेर स्वीकार गरिएको छ।
मार्कण्डेय पुराणको देवी माहात्म्यमा यसको विशेष वर्णन छ। यस नवरात्रमा जसले देवीको माहात्म्य विधिपूर्वक सुन्दछ वा देवीको निमित्त अनुष्ठान गर्दछ। त्यसले सबै बाधालाई पार गर्दै धनधान्य पुत्रादि सन्ततिहरू र प्रतिष्ठा हासिल गर्छ। ‘शरत्काले महापूजा... (दुर्गा सप्तशती ११÷१२–१२)।
कुल परम्पराअनुसार नौ दिनसम्म नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री) देवीको पूजा व्रत अनुष्ठान गरिने सनातनीहरूको धार्मिक सांस्कृतिक आध्यात्मिक पर्वलाई नवरात्र वा नौरथा भनिन्छ। यस नौरथामा दीक्षित साधकहरू
महाविद्या–
काली तारा षोडशीच बगला भुवनेश्वरी
धुमा छिन्ना च मातङ्गी भैरवी कमलात्मिका
अथवा सिद्धविद्या–
कुब्जिका चण्डिका बाला सिद्धलक्ष्मी सरस्वती
अन्नपूर्णा च गायत्री पार्वती चापराजिता
विन्ध्यादिवासिनी ह्येता : सिद्धविद्या : प्रकीर्तिता :
जसको पूजा उपासना गर्ने गर्छन्। रुद्रयामल, देवीयामल, भद्रकालीकल्प, उग्रचण्डी कल्प, मार्कण्डेय पुराण, पुरश्चर्यार्णव, देवीभागवत आदि तान्त्रिक र पौराणिक ग्रन्थहरूमा देवी उपासनाका विषयमा प्रशस्त उपायहरू उल्लेख गरिएका छन्। न्यास, मन्त्र र विनियोगको विस्तृत विवरण मन्त्र महार्णवमा पनि भेटिन्छ। शैव शाक्ततन्त्रको विषय नै शक्ति उपासनामा केन्द्रित छ। सनातनधर्मी साधकहरूले शक्ति जागरणका लागि नवरात्रमा नौओटी देवीहरूको पूजा अनुष्ठान गर्ने परम्परा धेरै प्राचीन कालदेखि चलिआएको हो। त्यसका लागि विशेष अवसर हो, आश्विन शुक्लपक्षको नवरात्र। विविध
नाम रूप भएका नौथरी देवीहरूको उपासना गरिने हँुदा यस पर्वलाई नवरात्र भनिएको हो।
व्रत अनुष्ठानको परिपालन : लोकमान्यताअनुसार आशौच आदि परेका बेला देवीको पूजा अनुष्ठान गर्न हुँदैन। वारण पूरा भएपछि दिन छोट्ट्याएर पनि अनुष्ठान गर्न सकिने कुरा धर्मसिन्धुमा उल्लेख छ। विविध कारणले नौ दिनसम्म व्रत अनुष्ठानमा सहभागी हुन नसक्ने मानिस फूलपातीदेखि नवमीसम्म, महाष्टमी वा महानवमीको दिनमा पनि पूजा अनुष्ठान गर्न सक्छन्। अभ्यास र शारीरिक क्षमताअनुसार केही पनि नखाई, फलाहार गरी, दिउँसोको मुख्यकाल वा रातमा एक छाक खाई, पानी मात्र पिएर वा नपकाएको सादा अन्न ग्रहण गरेर पनि नवरात्रको व्रत अनुष्ठान गर्न सकिन्छ।
उपवास भनेको इष्टसिद्धिका लागि आराध्या शक्तिको नजिक हुनु हो। नखाएर खानामै मन अल्झिरह्यो भने पनि अनुष्ठान पूर्ण हुँदैन। चित्त अस्थिर र विचलित हुनु भएन। स्वल्पाहार गरेर, रिसराग झै–झगडा छोडेर एकाग्रचित्तले देवी आराधनामा सक्रिय हुनुपर्छ। शरीर आलस्य र प्रमादरहित भयो भने व्रत अनुष्ठानमा सहयोग पुग्छ। संकल्प र प्रतिज्ञा दृढ भयो भने व्रत अनुष्ठान सहज हुन्छ।
आसनको स्थिरता : फल प्राप्ति कामनाले गरिने कुनै पनि पूजा अनुष्ठानमा आसनको स्थिरता र मनको एकाग्रता आवश्यक पर्छ। उद्देश्य पवित्र छैन भने तन्त्र र शक्ति उपासनाले प्रतिफल नदिन सक्छ। व्यक्ति, राष्ट्र र लोककल्याणको भावनाले गरिने पूजा अनुष्ठानहरूमा सात्विक भावको अपेक्षा रहन्छ। मायावी, अधर्मी र क्रूर कर्ममा प्रवृत्ति राख्ने मनुष्यको साधना दीर्घकालसम्म फलीभूत हुँदैन।
लंकामा राम र रावण पक्षका बीच युद्ध चलिरहेको थियो। यज्ञविधान र तन्त्रविद्याका ज्ञाता इन्द्रजितले राक्षसहरूको अभ्युदयका लागि शक्ति प्राप्त गर्ने उद्देश्यले निकुम्भिला चैत्यमा पूजा हवन आरम्भ गरे। ‘गतश्चैत्यं निकुम्भिलाम्’ (वाल्मीकि रामायण युद्धकाण्ड ८२।२५) ब्रह्मास्त्रले सुसज्जित हुँदा पनि इन्द्रजितले युद्ध जित्न सकेनन्। आसन स्थिर भएन, संकल्प अपुरो रह्यो। अनुष्ठानकै बिचमा युद्ध गर्न आतुर देवद्रोही राक्षस वर्गले दिव्यास्त्रहरू हुँदाहुँदै पनि सफलता हासिल गर्न सकेनन्। त्यसैले स्थिरासन र पूर्ण निष्ठा एवं समर्पणको भाव शक्ति साधनामा प्रबल रहन्छ।
दुर्गा देवीको स्वरूप : देवी अथर्वशीर्षमा उल्लेख भएअनुसार सबै देवताले देवीको नजिक पुगेर नम्र भई सोधे, ‘तिमी को हौ ?’ देवीले भनिन्, ‘ब्रह्मस्वरूपिणी हुँ। मबाटै प्रकृति पुरुषात्मक सद्रूप र असद्रूप जगत्को उत्पत्ति भएको हो। आनन्दरूपा हुँ। विज्ञान र अविज्ञान रूपा हुँ। जानने योग्य ब्रह्म र अब्रह्म, पञ्चीकृत र अपञ्चीकृत महाभूत पनि मै ।
दृश्य जगत्को कणकणमा बसेकी छु। वेद र अवेद, विद्या र अविद्या, अजा र अनजा मै हुँ। तल, माथि, यता र उता सबैतिर छु। रुद्र र वसुहरूलाई, आदित्य र विश्वदेवहरूलाई, मित्र र वरुणलाई, इन्द्र र अग्निलाई एवं अश्विनी कुमारहरूलाई भरणपोषण गर्ने मै हुँ। सोम, त्वष्टा, पूषा र भगलाई नि अड्याएकी छु। सृष्टि, स्थिति र प्रलयको कारकमै हुँ। महाकाली, महालक्ष्मी, महासरस्वती र महात्रिपुरसुन्दरी मेरै रूप हुन्। प्राणीहरूमा जीवनदायिनी शक्ति मै हुँ।’
सनातन इतिहास, परम्परा र शास्त्रको वर्णेय विषयसँग अपरिचित हुनेहरू लैंगिक समानताको कुरा उठाउने गर्छन्। देवीको उपासना पद्धति उठाएर हेर्दा स्त्री तत्त्व नै जीवन र जगत्को महत्त्वपूर्ण पक्ष हो भन्ने बोध हुन्छ। रात्रिसूक्तमा ब्रह्माले महाकालीको स्तुति गर्दै भने– स्वाहा, स्वधा र वषट्कार तिमी नै हौ। तिमी जीवनदायिनी सुधा हौ। नित्य ओंकाररूप प्रणवमा अकार, उकार, मकार र विन्दुनाद पनि तिमी नै हौ। तिमी नै यस विश्व ब्रह्माण्डको भार वहन गछ्र्याै। तिमीबाट नै जगत्को सृष्टि हुन्छ। पालन पनि तिमी नै गछ्र्यौ। अन्तिममा संहार पनि तिमी नै गछ्र्याै। सृष्टिरूपा, स्थितिरूपा र संहाररूपा तिमी नै हौ।
महाविद्या, महामाया, महामेधा, महास्मृति, महामोहरूपा, महादेवी र महासुरी पनि तिमी नै हौ। तिनै गुणलाई उत्पन्न गर्ने सबैको प्रकृति पनि तिमी नै हौ। सद्रूप असद्रूप जे जे शक्तिहरू छन् ती सबै तिमीबाट नै स्फुरण भएका हुन्। आँखाले देखिने दृश्य, कानले सुनिने र मुखले बोलिने शब्दरूपा तिमी नै हौ। दुर्गा सप्तशतीको एघारौं अध्यायमा उल्लेख छ, हे देवी ! सबै विद्या तिम्रै भेद हुन्। संसारमा जन्मिने र हुर्किने सबै स्त्रीहरू तिम्रै रूप हुन्। तिमी मात्र सारा विश्व जगत्मा व्याप्त छ्यौ।
तिम्रो स्तुतिगान गरेर टुंगिदै टुंगिँदैन।’
विद्या : समस्तास्तव देवि भेदा :
स्त्रिय : समस्ता : सकला जगत्सु।
त्वयैकया पूरितमम्बयैतत्
का ते स्तुति : स्तव्यपरा परोक्ति : (११।६)
दुर्गा उपासनाको फल : ब्रह्माण्डको प्राणशक्ति दुर्गादेवीको उपासना गरेर पाइने फलको वर्णन पनि बयान गरेर सकिँदैन। ‘दु : खेन गम्यते ज्ञायतेऽस्याम्‘ (ड प्रत्यय) ‘दु : खेन गियते स्तुयते’ वा (अङ्प्रत्यय) व्युत्पत्ति गर्दा दुर्गा शब्दको निष्पत्ति हुन्छ। कठिन परि श्रम गरेर जानिने, बुझिने र पुज्न सकिने दुर्गादेवीको उपासना गर्दा चारै पुरुषार्थ हासिल हुन्छ। विविध पूजा उपकरण वा चन्दन फूल धुप आदिले पूजा गरेर दिव्य गुण भएकी सर्वव्यापिका सदाचारिणी दुर्गादेवीको गुणानुवाद गर्दा धन, पुत्रादि सन्तति, बुद्धि र उत्तम गति पाइन्छ।
ददाति वित्तं पुत्रांश्च मतिं धर्मे गतिं शुभाम् (दुर्गासप्तशती)जानेर निष्ठापूर्वक दुर्गादेवीको आराधना गर्दा, उनको माहात्म्य र उत्पत्तिको कथा सुुन्दा अथवा पाठ गर्दा, उनले युद्धमा देखाएको पराक्रम सुन्दा मानिस निर्भय हुन्छ। ‘जायते निर्भय : पुमान्’ (ऐ. १२।१४) कल्याणमयी बुद्धि दिने दुर्गादेवीको विधिवत् उपासना गरेपछि गुमेको प्रतिष्ठा र राज्य पनि हासिल हुन्छ। दुर्गा उपासनाबाट सामूहिक कल्याण, भयनाश, विपत्तिनाश, सबै प्रकारको सुरक्षा
र अभ्युदय, रोग र बाधा शान्ति, आरोग्य प्राप्ति, दु : ख नाश, शक्ति सामथ्र्य प्राप्ति, पारिवारिक सुखशान्ति, प्रसन्नता र भुक्ति मुक्तिको संयोग जुट्छ।
उपासना र विधिको अनुसरण : कर्म, ज्ञान र भक्तिकी त्रिवेगी दुर्गादेवीको उपासना, विधि र प्रक्रियावारे जिज्ञासा उत्पन्न हुनसक्छ। नवरात्र विशेष गरेर देवीतन्त्र अर्थात् शक्तितन्त्रमा आधारित पर्व हो। तन्त्रमा वामाचार र दक्षिणाचार दुई मुख्य मार्ग छन्। शक्तिको उपासना दुवै मार्गबाट गर्न सकिन्छ। वामाचार भडकलो छ। त्यसमा मारण मोहन उच्चाटन विदेषण आदि बोक्सेरो काम र त्यसै अनुसारको पूजा उपकरण र मन्त्रहरू प्रयोग हुने भएकाले सर्वसाधारणका लागि वामाचार विधि कठिन छ। साधारण जनले सरल र सुगम उपायबाट शक्तिको स्रोतसम्म पुग्ने बाटो रोज्नु पर्छ। सकाम अर्थात् सांसारिक सुख भोग, धन, मान, प्रतिष्ठाको चाहना राखेर श्रद्धा र भक्तिपूर्वक दुर्गा देवीको उपासना गर्न सकिन्छ। निष्काम अर्थात् कुनै कामना नराखी केवल कर्तव्य ठानेर पनि श्रद्धा भक्ति पूर्वक दुर्गा देवीको उपासना गर्न सकिन्छ।