उपचार सहयोग अभियानमा ४ लाख रुपैयाँ संकलन

उपचार सहयोग अभियानमा ४ लाख रुपैयाँ संकलन

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका सप्तरीका रामपाल सदा सडक दुर्घटनामा परी घाइते भएका थिए। उनी उपचार नपाएर सडकमा भौतारिएका थिए। उनको उपचारका लागि साउदीमा रहेका नेपाली लालीगुराँस रेष्टुरेन्ट सञ्चालक यम तमुले अभियान चलाएर ४ लाख रुपैयाँ संकलन गरेका छन् भने घाइते रामपाललाई लिएर उनी स्वयंम आउँदो अक्टोबर १२ को नेपाल एयरलाइन्सबाट नेपाल जाँदै छन्।

गत ३० जुलाई २०२४ का दिन काममा जाने क्रममा रियाद सहरको ३५ नम्बर भन्ने स्थानमा स्कुटी दुर्घटनामा परी बायाँ खुट्टा भाचिनुको साथै शरीरको दायाँ भागमा गहिरो चोट लागेको थियो। उनको किङ खालिद हस्पिटलमा उपचार गरिएको थियो। 

उपचारपछि १७ अगस्ट २०२४ का दिन कार्यरत कम्पनीमा जाँदा कम्पनीले भित्र छिर्न नदिँदा उनी उक्त सडकमै अलपत्र परेका थिए। सदाले कम्पनीले आफूमाथि गरेको व्यवहारबारे व्यावसायिक यम तमुलाई जानकारी गराएका थिए।

त्यसपछि उनले अलपत्र परेका रामपालका बारेमा राजदूतावास रियादमा तत्काल जानकारी गराएका थिए। अलपत्र परेका रामपालको उद्धारका लागि दूतावासले सम्बन्धित कम्पनी र निकायलाई खबर गरी स्वदेश फिर्ता पठाउने प्रकिया अगाडि बढाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.