खोलाले बगाएर र डुबेर तीनजनाको मृत्यु

खोलाले बगाएर र डुबेर तीनजनाको मृत्यु
सांकेतिक तस्बिर।

विराटनगर  : खोलाले बगाएर र खोला तथा पोखरीमा डुबेर मोरङमा बिहीबार तीनजनाको मृत्यु भएको छ । मृतकमध्ये १ बालिका र वृद्धसहित २ जना पुरुष छन् । केराबारी गाउँपालिका-९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईंको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको छ । खोलाले बगाएर मृत्यु भएको अवस्थामा बिहीबार बिहान ११:३० बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । 

घरदेखि अन्दाजी डेढ किलोमिटर उत्तरमा रहेको खोलाले बगाएर मृत्यु भएको अवस्थामा  वृद्धको शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । तर्ने क्रममा उनलाई खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

त्यस्तै, खोलामा डुबेर रतुवामाई नगरपालिका(१० का ३८ वर्षीय बखतबहादुर मगरको मृत्यु भएको छ । कट्नु खोलामा डुबिरहेको अवस्थामा बिहान ९स्३० बजेतिर शव फेला परेको थियो । प्रहरीका अनुसार उनी बुधबार बेलुकादेखि बेपत्ता थिए । डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।

यसैबीच, रतुवामाई नगरपालिका(२ मा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । अनन्त शर्माका १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी विमल राजवंशीको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो १२स्४० बजेतिर सन्ध्यालाई फेला पारिएको थियो । 

घाइते अवस्थामा उद्दार गरेर उपचारका लागि नगर अस्पताल झुर्किया लैजाने क्रममा बाटोमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनसाथ दिउँसो १स्४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । 

पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.