काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

दोलखा : काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३  नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको चरङ्गेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् 

दुर्घटनामा  २३ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको  च्यारोल्पा अस्पताल चरिकोटले जनाएको छ । 

ओभर स्पीडका कारण दुर्घटना भएको डिएसपी खड्काले जानकारी दिए  । बसमा ४३ जना सवार थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.