लागुऔषधसहित सात कारोबारी पक्राउ

लागुऔषधसहित सात कारोबारी पक्राउ
तस्बिर : अन्नपूर्ण

धरान : सुनसरी प्रहरीले लागुऔषधसहित सातजनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कुमार कुमार राइको होटलबाट उनीहरूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए  । 

नडाहामा राइले सञ्चालन गरेको होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो । लागुऔषधिसहित बराहक्षेत्र  नगरपालिका-३ का  अनिल विक, कन्चन राई, सन्दिप राई, वडा नम्बर-७ को कर्ण राई, आकास राई, अस्बिन श्रेष्ठ  र हिमन सुनुवारलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए । 

उनीहरूको साथबाट ट्रामाडोल ३ सय ५ पिस, डिकोलिक २ सय ९० पिस तथा ९ हजार ९ सय १५ रुपैयाँ बरामद गरिएको उनले बताए । पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जानाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.