उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौं : काठमाडौँ उपत्यकाबाट दसैं मान्नका लागि आठ लाख यात्रु बाहिरिएका छन्। बाढीपहिरो र विपदका कारण सडक अवरुद्ध भएसँगै यसवर्ष विगतका भन्दा कम यात्रु बाहिरिएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरेको थियो।
सडकमा कठिन यात्रा हुने भएकाले कम संख्यामा यात्रु बाहिरिएको हुन सक्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। अघिल्लो वर्षका दसैंमा काठमाडौं उपत्यका सुनसान देखिने भए पनि यस वर्ष चहलपहल छ।
बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएका हुन्।