रड प्रहार गरेर फरार भएका दुई जना पक्राउ
काठमाडौं : ज्यान मार्ने उद्योगका फरार व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको तेमाल घर भई हाल भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा नौकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिल
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँस्थित सडक खण्डमा ४६ वर्षीय पुण्य राज गौतममाथि रड प्रहार गरेर फरार भएका थिए। आक्रमण भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले खोजी कार्य गरेका थिए।
उनीहरूलाई काठमाडौंको गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एवं नवराज अधिकारीले बताए। घाइते गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।