मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई घाइते

मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, दुई घाइते

झापा : झापाको भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका- १० स्थित हनुमान चोकमा गएराति ९:५० मा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

प्रदेश १-०१-०१४ प ९९३ नम्बर को मोटरसाइकल चालक भद्रपुर- १० केन्द्र मोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते भएका भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । 

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका- १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर- ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउतको ओमसाई पाथीभरा हस्पिटलमा र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको डीएसपी चन्दले बताए । दुवै सवारीसाधन प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.