काठमाडौं : महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ। भक्तजनका लागि वर्षमा एक दिन आज नवमीका दिन मात्र खुला गरिने तलेजु भवानी मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो लागेको हो।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ।मूलचोकमा महाअष्टमीको दिन पूजा गरी ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ।
तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
हेर्नुहोस् अन्नपूर्णपोस्ट्का अभिशेक महर्जनको क्यामरामा कैद भएका तस्बिरहरु :