दसैंका अनौठा पक्ष
दसैंलाई मधेसमा दुर्गा पूजाको नामबाट भव्य रूपमा मनाइन्छ। गाउँ पिच्छे दुर्गा भवानीको मूर्ति बनाइन्छन्।
१० दिनसम्म ब्रत बसेर नबरात्र मनाइन्छ। मधेसमा दसैंका अनौठा पक्ष छन्। जसले यहाँको वातावरण धेरै अन्धविश्वास, केही संस्कार संस्कृति अनि थोरै आश्चर्यजनक लाग्छ। जसले दसैंको उल्लासमय वातावरणलाई नै जादुमय बनाउँछन्।
सहरी क्षेत्रमा क्रमिक रूपमा यस्ता परम्पराहरू हट्दै गएका छन्। तर ग्रामीण भेगमा अझ पनि यस्ता जादुटुनामय क्रियाकलापहरू कायमै छन। हामी २१ औ शताब्दीमा आइपुग्दा समेत हाम्रा समाजमा अझ यस्ता अन्धविश्वासमाथि भर परेका छन्। जसको कारण समाजमा यी परम्पराहरू अझै पनि देख्न सकिन्छ।
- १) कोखिया गुहायर
नि : सन्तान दम्पतिले दसैं अवधिमा कुलदेवताको विशेष पूजापाठ गर्छन्। कुलदेवतालाई परम्पराअनुसार गरिने विशेष क्षमादान पूजालाई स्थानीय भाषामा कोखिया गुहायर भन्ने गरिन्छ। सन्तान प्राप्तिको निम्ति प्राय : रातिको समयमा धामी झाँक्रीले पीडितको घरमै गई यो पूजा गर्ने गरिन्छ। दसैं अवधिभरि सन्तान पाउने आशमा नि : सन्तान दम्पती यस पूजामा व्यस्त रहेका हुन्छन्। २१ औ शताब्दीमा आएर वैज्ञानिकमाथि विश्वास गरिने हाम्रा समाज क्रमिक रूपमा यसतर्फ ध्यान दिन छाडेका छन्।
- २) डिगडिगीया पिट्नु
दसैंको घटस्थापनादेखि दशमी तिथिसम्म माता भवानीलाई स्वागत गर्न साँझको समयमा ढोल पिट्नुलाई डिगडिगिया पिट्नु भनिन्छ। खासगरी चमार समुदायले घरघरमा पुगि यस्ता कार्यहरू गरेको पाइन्छ। यो रिवाज अझ ग्रामीण भेगमा हेर्न सकिन्छ।
- ३) बच्चालाई हिंङ्ग÷लसुन लगाउनु :
दसैंको अवधिमा बालबच्चामाथि कसैको कुदृष्टि नपरोस उद्देश्यले हिंङ्ग÷लसुन लगाउने गरिन्छ। यसो गर्दा नजर नलाग्नुको साथै देवीमाताको असीम कृपा रहने लोकविश्वास रहेको छ। पछिल्लो समयमा सहरी क्षेत्रमा यसको प्रयोगमा कमी आएपनि ग्रामीण भेगमा यो विधि जारी नै छ।
- ४) मूलगेटको छेउमा कालो रंगको चिन्ह लगाउनु :
घरपरिवार र बालबच्चालाई जादुटुनामुनाबाट बचाउनका निम्ति यसो गरेको पाइन्छ। गृहणीले घटनास्थापनाको दिन लगाइएको कालो रंगको चिन्ह नवमीतिथिका दिनसम्म रहन्छ। नवमी तिथिका दिन घर सरसफाइ गर्ने क्रममा यसलाई मेटाउने गरिन्छ। नवमीतिथिका दिन देवी दुर्गा घरघरमा जाने भएकोले उनलाई स्वागतका निम्ति सो कालो रंगको निशाना हटाएको पाइन्छ।
- ५) तान्त्रिक विधि सिद्ध गर्नु :
सिकारु धामीझाँक्रीले दसैंको अवधिभरि गहवर (पूजाकोठा) भित्र परीक्षा दिने गर्दछ। वर्षभरिमा सिकेका मन्त्रहरूको परिक्षण यसै समयमा गर्ने गरिन्छ। भनिन्छ, यस कार्यले देवी दुर्गा प्रसन्न भई आशीर्वाद दिइन्छ। उनीहरूको आशिष हमेशा कायमै रहन्छ।
- ६) झिझिया नृत्य गर्नु :
घरपरिवार र गाउँलाई कुदृष्टिबाट बचाउका निम्ति महिलाहरू दसैं अवधिभरि झिझिया नृत्य गर्ने गरिन्छ। गाउँको ब्रम्हस्थान मन्दिरको प्राङ्गणमा रातिको समयमा समुहगत रूपमा गीत गाई नृत्य गरिन्छ। यसो गर्नाले कुदृष्टि हटनुको साथै व्रह्मवावाले गाउँको रक्षा गर्ने धार्मिक विश्वास छ।
- ७) भूतमेला :
वर्षौंदेखि दुष्टात्माले सताएकाहरूलाई मुक्ति दिलाउनका निम्ति दसैंको अवसर पारी महोत्तरीस्थित सोनामाई मन्दिर प्राङ्गणमा भूतमेला लाग्ने गर्दछ। यहाँ आउने यस्ता पीडित भक्तजनहरू आफैं हाँस्ने, खेल्ने, वक्ने लगायतका गतिविधिहरू गर्ने गर्दछ। उनीहरू त्यहाँबाट निको भई फर्कने जनविश्वास छ। सोनामाई मन्दिरमा दसैंको पञ्चमी तिथिदेखि सप्तमी तिथिसम्म भूत मेला लाग्ने गर्दछ। जहाँ हजारौंको संख्यामा यस्ता पीडितहरू आउने गर्दछ।
- ८) खोइछ भर्नु :
नि : सन्तानले पहिलो सन्तान पाएको खुसीमा हरेक वर्ष देवी दुर्गालाई श्रृंगार, पूजा सामग्री राखि खोइछ भर्ने चलन छ। सन्तानको दीर्घायु एवं घरपरिवालको कल्याण यस्ता गतिविधि गर्दै आएको पाइन्छ। देवी दुर्गाका प्रतीमा रहेको स्थानमा एकसाथ शुभसाइत पारि खोइछा भर्ने गरिन्छ।
- ९) मन्दिरमा महिला प्रवेश निषेध :
जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा दसैंको अवधिभरि महिला प्रवेशमा निषेध गरिन्छ। परापूर्वकालमा मन्दिरमा पूजा गर्न गएकी महिला एकाएक बेपत्ता भएपछि मन्दिरभित्र छिर्न निषेध गरिएको जनविश्वास रहेको छ। मन्दिरभित्र महिला प्रवेश गरे अनिष्ट हुने धार्मिक जनविश्वास रहेको छ । पूजा गर्नका लागि मन्दिरमा वालवालिका र पुरुषमात्र छिर्न पाउँछन्।
- १०) दशद्वार खुला :
बडादसैंको दसौं दिनलाई शुभसाइत मानिन्छ। यस दिनलाई स्थानीय भाषामा दशद्वारा खुला भएको दिनका रूपमा लिने गरिन्छ। यसदिन कुनै पनि कार्य गर्नका निम्ति साइत हेर्न नपर्ने समाजिक मान्यता रहेको छ। विश्व २१ औं शताब्दीमा प्रवेश गरेतापनि तराई मधेशक्षेत्र आफ्ना पुराना रितिरिवाजलाई निरन्तरता दिँदै आएका छन्। फलस्वरुप अहिले पनि माथि उल्लेखित क्रियाकलाप गर्नका लागि यस क्षेत्रमा हिचकिचाउँदैन।