बिरिङ खोलामा अस्थायी फलामे पुल निर्माण

बिरिङ खोलामा अस्थायी फलामे पुल निर्माण
फाइल तस्बिर।

झापा : हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका -५ पान्थापाडास्थिति बिरिङ पुलबाट आउजाउ सुरू भएको छ ।  असोज ११ गतेको वर्षापछि खोलामा आएको बाढीले बिरिङ पुलको बाटो कटान गरेको थियो । बाढीले पुलको पश्चिम साइटको १० मिटर जति भाग कटान गरी क्षति पुराउँदा आउजाउ बन्द भएको थियो । 

बिरिङ पुल चढन अहिले अस्थायी रुपमा फलामे पुल निर्माण गरिएको हो । १५ दिनपछि आउजाउ सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । निर्माण व्यवसायी शेरबहादुर थापाको पहल र स्थानीयको सहयोगमा अस्थायी फलामे पुल बनाइएको हो । सो पुल पाँच दिनमा बनाइएको हो । 

निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाइ र २४.५ मिटर लम्बाई रहेको छ । पुल निर्माण गर्न करिब ३ लाख खर्च भएको जनाइएको छ । उक्त पुलबाट आउजाउ बन्द भएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनकवलका स्थानीयलाई समस्या परेको थियो । 

स्थानीयले २० किलोमिटर दुरीमा रहेको सदरमुकाम भद्रपुर जान सुरुङ्गा, बिर्तामोड हुँदै ६५ किलोमिटर दुरीको यात्रा गर्न बाध्य भएका थिए । अहिले फलामे पुल सुचारु भएपछि पैदल यात्री, साइकल यात्री, मोटरसाइकल र अटोलाई चाडपर्वको बेला ठूलो राहत मिलेको स्थानीय गजेन्द्र ताम्लीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.