सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु

सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु
दुर्घटनामा परेको मिनि बस । तस्बिर : अन्नपूर्ण

दैलेख : दैलेखमा मिनि बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ डबल गैरामा बस दुर्घटना भएको हो।

दुल्लुदेखि सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको मिनि बस बिहीबार राति स्थानीय रिठा भन्ने स्थानमा बास बसेको थियो । शुक्रबार बिहान रिठाबाट सुर्खेततर्फ जाने क्रममा दुर्घटनामा परेको हो । 

मिनि बसमा चालकसहित तीनजना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मिनि बस दुर्घटनामा तीनैजना घाइते भएका थिए । प्रहरीका अनुसार तीनैजनाको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

उपचारका लागि पठाइएका तीनमध्ये दुल्लु नगरपालिका–१३ का २२ वर्षीय महेन्द्र शाहीको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालम २४ वर्षीय बिरेन्द्रबहादुर शाही र गाडीमा सवार १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.