राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ।

अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४९ औँ महासभामा भाग लिनका लागि टोली  जेनेभा प्रस्थान गरेको हो। महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ।

यही असोज २७ देखि कात्तिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी रहेका छन्। 

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत छन्। अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.