पर्सामा कमजोर बन्दै जसपा नेपाल : नेताहरू धमाधम पार्टी छाड्दै, सह–इन्चार्ज यादव जसपामा प्रवेश

पर्सामा कमजोर बन्दै जसपा नेपाल : नेताहरू धमाधम पार्टी छाड्दै, सह–इन्चार्ज यादव जसपामा प्रवेश

वीरगन्ज : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्लामा कमजोर बन्दै गएको छ । पर्सामा जसपा नेपालका जिल्लास्तरका नेता कार्यकर्ताहरू एकपछि अर्को गर्दै अशोक राई नेतृत्वको जसपामा प्रवेश गर्न थालेका हुन् ।

जसपा नेपालका जिल्ला सचिव, वीरगन्ज महानगर समितिका सचिव, पर्सागढी नगरपालिकाको पालिकास्तरीय नेताहरु जसपामा प्रवेश गरेको केहि हप्ता नबित्दै जसपा नेपालका जिल्ला सहइन्चार्ज दीपक यादवपनि जसपामा प्रवेश गरेका छन् ।

शुक्रबार वीरगन्जमा जसपा नेपालका सहइन्चार्ज यादव जसपामा प्रवेश गरेका हुन्। उनीसँगै पटेर्वा सुगौली गाउँपालिकाका जसपा नेपालका अन्य नेताकार्यकर्ताहरुपनि जसपामा प्रवेश गरेका छन् । जसपा नेपाल परित्याग गरेर जसपामा प्रवेश गरेका यादव मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका पूर्वस्वकीय सचिव हुन् । राउत 

मुख्यमन्त्री रहेका बेला पूरा कार्यकाल यादव स्वकीय सचिव थिए । उनी गत स्थानीय तहको निर्वाचनमा पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदका लागि जसपा नेपालको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दीपक यादवसहित उनी नेतृत्वको टोलीलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । 

यादवले स्वागत गर्दै भने, “दीपक यादवजस्तो कर्मठ नेताको प्रवेशले पार्टीलाई थप सशक्त र सङ्गठित बनाउने छ । मधेसका जनताको हक अधिकारको लागि हामी सबै एकजुट भएर अघि बढ्नेछौँ । उहाँको सहभागिताले पार्टीलाई मात्र नभई मधेसको समृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।"

जसपाका केन्द्रिय सदस्य समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि दीपक यादवको जसपामा प्रवेशलाई सङ्गठनको सशक्तीकरणको महत्वपूर्ण कदमको रूपमा लिएको बताए । 

जसपामा प्रवेश गरेका दीपकले भने, 'म लामो समयदेखि जसपा नेपालमा आबद्ध थिएँ, तर पार्टीले मधेसका जनताको माग र समस्यालाई सम्बोधन गर्न असफल रह्यो । पार्टीमा नेतृत्वको गलत राजनीतिक पद्धति र दीर्घकालीन विकासको अभावका कारण मैले पार्टी छोड्ने निर्णय गरेँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.