विजया दशमी

मान्यजनको हातबाट शुभ साइतमा रातो टीका र जमरा लगाइँदै

मान्यजनको हातबाट शुभ साइतमा रातो टीका र जमरा लगाइँदै

काठमाडौं : विजया दशमी दिन नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतमा रातो टीका एवं जमरा लगाइएको छ। आज बिहान ८:३३ बजे देवी बिसर्जन गरेपछि मान्यजनको हातबाट प्रसादग्रहण सुरु गरिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान ११:३६ बजे उत्तम साइत निर्धारण गरेको थियो। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 

दसैंमा वाचन गरिने आशीर्वादका मन्त्रहरू एवं श्लोकहरूभित्र पौराणिक इतिहास छ, भूगोल छ, भगवत् प्रेम छ। यस्ता विविध अर्थले निहित भएको प्रसिद्ध श्लोकहरू आयुद्रोणसूते..., जयन्ती मंगलाकाली..., सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके... आदि हुन्। पूरा श्लोक यसप्रकार रहेका छन् :

आयुद्रोणसूते श्रियो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्य नहुषे गतिश्चपवने, मानंचदुर्योधने।।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते।
विज्ञानंविदुरेभवन्तु भवतां, कीर्तिश्चनारायणे।।

ooo

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी।
दुर्गा–क्षमा–शिवा–धात्री स्वाहा स्वधानमोऽस्तुते।।

ooo

सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते।।

ooo

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोहस्तिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तुविजयोऽस्तुरिपुक्षयोस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु।।

ooo

मन्त्रार्थाः सफलाः सन्तुपूर्णाः सन्तु मनोरथाः।
शत्रूणां बुद्धिनाशोस्तुमित्राणामुदयस्तव।।

यसैगरी विदेशमा रहनेका लागि यस्तो छ शुभसाइत ।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.