मुक्तिनाथमा दर्शनार्थीलाई दसैंको टीका र आशिर्वाद

मुक्तिनाथमा दर्शनार्थीलाई दसैंको टीका र आशिर्वाद

जोमसोम : हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ धाममा शनिबार बिहानैदेखि बडा दसैंंको टीका सुरु भएको छ। मुक्तिनाथमा आज बिहान ७ बजेदेखि विजया दशमीको टीका लगाउन सुरु गरिएको हो।

मुक्तिनाथधाममा बर्सेनि बडा दसैंंको टीकाको दिन पुजारीले मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरूलाई दसैं टीका र आर्शिवाद दिने प्रचलन रहँदै आइरहेको छ। मुक्तिनाथमा परिवारबाट बिछोडिएका, दसैं टीका लगाइने आफन्तजन नभएका र स्वतः स्फूर्त रुपमा मुक्तिनाथमा पुगेर टीका लगाउन पुगेका दर्शनार्थी भक्तजनहरुलाई मन्दिरमा कार्यरत पुजारी कृष्णप्रसाद सुवेदीले टीका लगाई दिएका छन्। मुक्तिनाथ मन्दिर दर्शनसँगै विजया दशमीको टीका लगाउनेहरुको शनिबारदेखि निकै ठूलो घुइँचो रहेको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले जानकारी दिए।

विजया दशमीको दसैं टीकाको शुभसाइत बिहान ११:३६ बजे रहेपनि मुक्तिनाथ मन्दिरमा बिहानैबाट दसैं टीका लगाउनेको बाक्लो उपस्थिति रहेको थियो। मुक्तिनाथमा दसैं टीका लगाउन विशेष साइतको आवश्यकता नपर्ने मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। मुक्तिनाथ मन्दिरमा टाढा टाढाबाट आएका दर्शनार्थीहरु दर्शनगरी फर्किनु पर्ने भएकाले टीकाको साइत आवश्यकता नपर्ने पुजारी सुवेदीको भनाई छ।

काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न आएका हरि तिमिल्सिनाले मुक्तिनाथमा दर्शनसँगै दसैँ टीका लगाउने अवसर प्राप्त भएको बताए।‘यति ठूलो धार्मिक पावन भूमिमा आएर दसैं टीका लगाउन पाउनु अहोभाग्यनै हो, मुक्तिनाथको दर्शन पनि गरियो’उनले भने,‘भगवानको काखमा आएर सबै परिवारले दशै टीका लगायौ, अब यहाँबाट फर्किएपछि पारिवारिक दसैं टीका लगाउने कार्यक्रम छ।’

मुक्तिनाथमा भारतीय दर्शनार्थी पर्यटकले समेत दसैँ टीका ग्रहण गरेको बताइएको छ। मुक्तिनाथमा बिहान ७ बजेदेखि सुरु भएको दसैं टीका लगाउने कार्यक्रम साँझ ५ बजेसम्म रहने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.