भेटघाटको पर्व दसैं

भेटघाटको पर्व दसैं

परम्परागत रुपमा दसैं सालमा चारपटक पर्छन्। असार शुक्लपक्षमा मनाइने ग्रीष्मकालीन नवरात्री, आश्विनशुक्ल पक्षमा मनाइने शारदीय नवरात्री, माघ शुक्लपक्षमा मनाइने शिशिर नवरात्री र चैत्रशुक्ल पक्षमा मनाइने वसन्तीय नवरात्री । नेपालमा शारदीय नवरात्री विशेष धुमधामका साथमा मनाइने हुँदा यसलाई बडादसैं भनिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने मुलुकको सबैभन्दा ठूलो चाड दसैं हो। यसलाई बडादसैं, नवरात्री, दुर्गापूजा र दसहरा पनि भनिन्छ। यसलाई ठूलो दसैंका रूपमा बडादसैं, नौ दिनसम्म दुर्गाको पूजाआजा गरिने पर्वका रूपमा नवरात्र र दुर्गापूजा तथा रमाइलो चाडका रूपमा दसहरा भनिन्छ।

परम्परागत रुपमा दसैं सालमा चारपटक पर्दछन्। जुन असार शुक्लपक्षमा मनाइने ग्रीष्मकालीन नवरात्री, आश्विनशुक्ल पक्षमा मनाइने शारदीय नवरात्री, माघशुक्लपक्षमा मनाइने शिशिरनवरात्री र चैत्रशुक्ल पक्षमा मनाइने वसन्तीय नवरात्री हुन्। यिनीहरूमध्ये नेपालमा शारदीय नवरात्री विशेष धुमधामका साथमा मनाइने हुँदा यसलाई वडादसैं पनि भनिन्छ। दसैं पर्व विश्वका हिन्दूहरू बसोबास गर्ने प्राय सवै मुलुकमा आआफ्नो तरिकाले मनाउने परम्परा पाइन्छ। नेपालमा शारदीय नवरात्र र भारतमा वसन्तीय नवरात्र धुमधामका साथमा मनाउने गरिएको छ।

बडादसैं आनन्द, मनोरञ्जन, आपसी भेटघाट, शक्तिआर्जन, दीर्घायु, निरोगिता, परम्परा र संस्कृतिसँग सम्बन्धित चाड हो। जुन बेला यो पर्व मनाउन लागियो, त्यस बेला मानिसहरूको मुख्य पेसा कृषि र पशुपालन थियो। वर्षा याममा बडो मेहनत गरेर लगाइएको बालिनाली लटरम्म फलेर पाक्न लाक्ने समय आश्विन शुक्लपक्ष थियो। पशुपालनका क्रममा पनि लेकमा राखिएका गोठहरू बेंसी लैजान आफ्नै आवासमा पुर्‍याउने समय यही थियो। अघि यातायात र सञ्चारको विकास नभएकाले मानिसहरू व्यापार गर्न, शिक्षा लिन, आफन्तसँग भेटघाट गर्न र देशाटन गर्न हिँडेपछि घर नफिरुन्जेल मरेबाँचेको थाहा हुँदैनथ्यो। तसर्थ सालमा कम्तीमा पनि एकपटक घरमा फिरेर आफन्तसँग भेटघाट गर्ने सबैभन्दा उपयुक्त समय पनि शरद ऋतु नै थियो। हावापानीसमेत यी सबै कार्यका लागि उपयुक्त थियो। तसर्थ नेपालमा चारवटा दसैंमध्येको शारदीय नवरात्रलाई नै महत्व दिइएको हो।

बडादसैं आनन्दको चाड थियो, किनकि यस पर्वमा पिङ खेल्ने, दसैं गीत गाउने तथा आफन्तको घरमा गएर टीका थाप्ने र आनन्द लिने गरिन्थ्यो। यो मनोरञ्जनका लागि पनि उपयोगी थियो। घर छाडेर बाहिर जाने मानिसहरू कम्तिमा पनि वर्षमा एकपटक घरमा फिरेपछि रमाइलो र भेटघाट गर्ने मुख्य अवसर यही थियो। वर्षा याममा हिलो र झरिमा काम गर्दा या परदेशमा गएर थाकेको शरीरलाई तागतिलो खानपिनको आवश्यकता यही चाडमा अनेक परिकार खाएर पूरा गरिन्थ्यो। 

यसै अवसरमा शक्ति आर्जनका लागि शक्तिको उपासना पनि गरियो। पछि यस शक्तिलाई देवी दुर्गा भनियो र यिनैको पूजाआराधना गरेर दसैं मनाउन लागियो। दुर्गेश नामक दानवलाई बध गर्ने देबलिाई दुर्गा भनियो भने पछि दुर्गाले नै महिषका रुपमा आएको दानवलाई वध गरेको मान्यतामा महिषासुर मर्दिनी भनियो। यस्तै चण्ड र मुण्डनामक दानवलाई बध गर्ने देबलिाई चामुण्डा भनियो। यसरी शिवा, पार्वती, काली, दुर्गा, चामुण्डा, महिषासुर मर्दिनी सबै एकै देवीका नामहरू हुन्।

आर्यहरूले मानवोपयोगी शक्तिलाई देवी माने भने विनासकारी तत्वलाई आसुरी शक्ति मानियो। पुराणहरूले यही विनासक शक्तिलाई दानव पनि भनेका छन्। पुराणहरूमा देवीले दानवलाई बध गरेका कथा जोडिए। तिनै कथाका आधारमा दसमी पर्वले दसैंको रूप लिन पुग्यो। दसैंका अवसरमा नौ दिनसम्म दुर्गाका नौवटा स्वरूपको स्तुति र पूजाआजा गर्न लागियो, जसलाई नवरात्र भनियो। नवरात्रमा पूजाउपासना हुने दुर्गाका नौवटा रूपहरूमा पहिलो शैलपुत्री हुन्, जसलाई पर्वतकी छोरीका रूपमा यस्तो नाम दिइएको हो। पहिलो दिन पूजा हुने यिनी बालिकाका रुपमा रहने बताउँदै यिनका दुइटा हात हुने तथा वाहन नन्दी हुने पौराणिक कथा छ।

नवरात्रको दोस्रो दिन पुजिने दुर्गाको नाम ब्रह्मचारिणी हो, जुन देवी दुई हातकी हुने तथा हातमा लक्षमाला र कलश दिने चर्चा पाइन्छ। नवरात्रको तेस्रोदिन पुजिने चन्द्रघण्टा सिंह वाहन भएकी दस हाते, चौथो दिन पुजिने कुष्माण्डा सिंह वाहन भएकी ८ हाते, पाँचौं दिन पुजिने स्कन्दमाता सिंह वाहन भएकी चार हाते, छैटौं दिन पुजिने कात्यायनी सिंह वाहन भएकी चार हाते, सातौं दिने पुजिने कालरात्री गधा वाहन भएकी चारहाते, आठौं दिने पुजिने महागौरी नन्दी वाहन भएकी चार हाते तथा नवौं दिन पूजा गरिने सिद्धिदात्री पद्ममाथि बसेकी चारहाते हुने कुरा पुराणहरूमा चर्चा गरिएको पाइन्छ। तर, दसैंमा पुजिने मुख्य दुर्गा भने सिंह वाहन भएकी १८ हाते देवी या महिषासुर मर्दिनी रहेकी छन्।

दसैंको पहिलो दिन आश्विनशुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ, जुन दिन नदीसङ्गम एवं तीर्थमा स्नान गर्ने, घर लिपपोत गरी जमरा राख्ने र देवीको सम्मानमा दुर्गासप्तसतीको पाठ गर्ने कार्यको शुभारम्भ गरिन्छ। पशुबलि दिनेले हातहतियारमा धार लगाउने र चोख्याउने दिन यही हो। आश्विन शुक्ल सप्तमीका दिन फूलपाती उत्सव गर्ने र हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने कार्य नेपालमा मात्र हुन्छ। त्यस दिनदेखि नवमीसम्म नौ दिन घर र शाक्त मन्दिरहरूमा दुर्गासप्तसती पाठ गर्ने चलन छ। तसर्थ उक्त अवसरलाई नवरात्रि भनिएको हो।

नौ दिन देवीको पाठपूजा गरेपछि दसौं दिन पूजा बिसर्जन गरी त्यसको प्रसादस्वरुप टीका र जमरा लगाउने परम्परा छ। आफूभन्दा ठूलाबडा र मान्नुपर्ने व्यक्तिबाट देवीको प्रसादका रूपमा रहेको टीका र जमरा लगाई आशीर्वाद लिनाले दीर्घायु, शक्ति र आरोग्यता प्राप्त हुने मान्यता छ। यही चलन कालान्तरमा हाम्रो दसैं मनाउने परम्परा र संस्कृति बनेको हो।

दसैंको समयमा लगाइने टीका र जमराको आफ्नै महत्व रहेको हुन्छ। आर्यहरूले अघि जीवनोपयोगी वस्तु र वनस्पतिलाई पुज्य बनाए र तिनको संरक्षण पनि गरे। जस्तो जमरा जौको उमारिन्छ, जुन अनेक प्रकारका रोगहरूको नासक तथा शक्तिबर्धक हुन्छ। वडादसैंको समयमा बालिनाली पहेंलो हुन या पाक्न लागेको परिचायकका रूपमा पनि जौको जमरा लगाउने चलन चलेको हो। प्रतिपदादेखि सुरु हुने दुर्गापूजा नौ दिनपछिमात्र सकिने हुँदा चढाएका पूmलपाती बिग्रिएर ग्रहण गर्न योग्य हुँदैनन्। तसर्थ दुर्गापूजा प्रारम्भ भएको दिन जमरा छरेर उमार्नाले नौ दिनमा प्रसादका रूपमा लगाउन तयार हुने गर्छन्। तसर्थ जसैंमा जमरा लगाउने परम्परा चलेको हो। यसले कृषियुगको पनि सङ्केत गरेको छ।

दसैं शक्ति आर्जन गर्ने पर्वका रूपमा रहेकाले दसैंमा शक्तिको या देवीको पूजाआजा गर्ने चलन चलेको हो। देवीको पूजा पशुबलि दिएर या तामसी प्रकारले र सांकेतिक बलि दिएर सात्विक विधिले पनि गरिन्छ। दसैंमा शक्तिलाई बोका, राँगा, भेडा, हाँस र अण्डा लगायतका पञ्चबलि दिएर तथा पशुका बदलामा कुभिण्डो, घिरौंला, उखु र अन्य फलफूलको बलि दिएर पनि पूजाआजा गर्ने परम्परा छ। वास्तवमा बलि देवतालाई दिने भागी हो, जुन आफूले खाने वस्तुबाट नै अर्पण गरिन्छ। मांसाहारी मानिसले देवीको पूजा गरी पशुबलि दिने तथा साकाहारीले आपूmले खाने फलपूmल र अन्य वस्तुको बलि चढाउने गरेका हुन्।

नेपालमा दसैंपर्व प्राचीन कालदेखि नै मनाउने गरिएको हो। अघि यो चाड दशमीपर्वका नामले जानिन्थ्यो। प्रारम्भमा यो पर्व नयाँ अन्न पाक्न लागेका समयमा मनाउने परम्परा थियो। तत्काल देवीलाई पशुबलि दिने चलन रहेको देखिँदैन। कालान्तरमा पुराणहरूमा देवीले आसुरी शक्तिको विनास गरेको कथा थपिए र तिनैको आधारमा देवीको पूजाआराधना गरी दसैं पर्व पशुबलिका साथमा मनाउन लागियो। वडादसैं दुर्गादेवीले आशुरी शक्तिलाई विनाश गरेको उपलक्षमा मनाइने मान्यता राखियो भने चैतेदसैंको कथा रामले रावण लगायतका असुरी शक्तिलाई विनाश गरेको पौराणिक मान्यतासँग जोडियो। तर, दसैं मनाउने प्रथामा यस्तो कथा पछिमात्र थपिएको हो। हाल नेपाली समाजमा रातो र सेतो टीकाको पनि बहस हुने गरेको छ।

वास्तवमा रातो रङ शक्तिको र विजयको प्रतिक हो। दसैंको बेला शक्तिको पूजा हुने तथा हितकारी शक्तिले विनासकारी शक्तिप्रति विजय पाएको प्रतिक स्वरूप रातो रङको टीका लगाउने गरिएको हो। अघि जुन बेला दसैंको सुरुवात भयो, त्यस बेला नेपालमा अहिलेको जस्तो अबिर लगायतका रङ उपलब्ध थिएनन्। तसर्थ विजया दशमीमा पशुबलि दिनेले रगतमा अक्षता मुसेर रातो टीका लगाउँथे। अक्षतामा दही र आपूmसँग उपलब्ध बेसारलगायतका स्थानीय जडिबुटीका रङ मुसेर दसैंको टीका लगाउने गरिन्थ्यो।  दसैंको बेला पिङनै खेल्ने चलन भने तत्कालको मनोरञ्जनको मुख्य साधन यही भएकाले हो।

भारतमा शारदीयको बदलामा वासन्ती नवरात्र मनाइन्छ। भारतमा अक्षताको टीका लगाइँदैन। दसैं नेपालको मौलिक पर्व हो। अक्षताको टीका लगाउने चलन नेपालकै मौलिक हो। राज्यका तर्फबाट फूलपाती भित्र्याउने र मौलो हान्ने लगायतका पर्व नेपालमा मात्र मनाइन्छ। दसैंमा तलेजुको मन्दिरमा यति उत्सवका साथ बलि हुने नेपालमा मात्र हो। दसैं भेटघाटको पर्व हो भने तिहारचाहिँ बिदाइको पर्व मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.