राष्ट्रपति पौडेलद्वारा विजयादशमीको टीका ग्रहण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दाजु डुण्डीराज पौडेलबाट दसैँको टीका, जमरा र आशिर्वाद ग्रहण गरेका छन्।
शीतल निवासमा राष्ट्रपति पौडेलले आज शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्। उनले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति पौडेलले विजयादशमीको टीका आज दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्वहरू र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।