वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ

वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ
सांकेतिक तस्बिर ।

वीरगन्ज : वीरगन्जबाट लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पर्साको  कालीकामाई गाँउपालिका- १ का ५३ वर्षीय सुरेश प्रसाद कलवार र छिपहरमाई गाँउपालिका-१ का २९ वर्षीय भारती प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

कलवार कालीकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठ प्रसाद कलवारका बुबा हुन् । उनीहरूलाई लागु औषध अफिम जस्तो देखिने पदार्थ ४ सय १८ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार, उनीहरू दुवै जनालाई वीरगन्ज महानगरपालिका - १० आदर्शनगरस्थित कलवारको घरबाट शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । कलवारको घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखिएको ना ४८ प ३७६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएर राखिएको अफिम बरामद गरेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलबाट अफिम बरामद भएपछि उक्त मोटरसाइकल धनी कलवार र यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले जाानकारी दिए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.