किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–२ स्थित डिम्बर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ। किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरघाटका निमित्त इन्चार्ज समेत रहेका हवल्दार कृष्णराज जोशीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। 

शुक्रबार बिहान करिब साढे ४ बजेको समयमा पानी भर्न जान्छु भन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो। किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेको थियो। 

प्रहरी हवल्दार जोशीलाई भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरूले महाकाली पारीको भरतपट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाँधेका थिए। त्यसपछि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वको प्रहरी पटोलीले नियन्त्रणमा लिएर जिल्ला पुर्‍याएको थियो। 

प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक ढुंगानाले बताए। किशोरीसँग चिनजान र बोलचाल हुने गरेको भएपनि बेपत्ताको विषयमा आफूलाई जानकारी नभएको बयान दिएको प्रहरी निरीक्षक ढुंगानाले बताए। बेपत्ता किशोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.