मध्यपुर थिमिको नगदेशमा मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवैगु’ जात्रा (तस्बिर)

मध्यपुर थिमिको नगदेशमा मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवैगु’ जात्रा (तस्बिर)
तस्बिर : जेनिस बाडे

भक्तपुर : मध्यपुर थिमिको नगदेशमा खाँ पिहाँवैगु जात्राले ३५ वर्षपछि मौलिक स्वरूप पाएको छ। परम्परा अनुसार नगदेशमा बडा दशैंको अन्तिम दिन विजया दशमी अर्थात चालांको दिन प्रदर्शन गरिने खाँ पिहाँवैगु जात्राले नव नियुक्त पमाहरुको आगमनसँगै मौलिक स्वरूप पाएको हो। 

null

शनिबार उल्लासका साथ पृथक ढंगबाट खाँ पिहाँवैगु जात्रा मनाइएको थियो।

nullखा पिहावैगु जात्रा तलेजु भवानीको प्रतीक खाँ अर्थात खड्ग प्रदर्शन गरी मनाइने जात्रा हो। यस जात्रामा लयाकूबाट तलेजु भवानीको मूल पूजा कोठामा तलेजुको प्रतिकमा पूजा गरेर राखिएको खड्गलाई विधिवत् रूपमा पूजाआजा गरी चालांको दिन बस्ती भरी परिक्रमा गराइन्छ। लयाकूको पिखुलाकु अर्थात लयाकूको आँगनमा स्थापना गरिएका कुमार देवताको  प्रांगणमा भैफसी अर्थात कुबिन्दो काटेर सम्पन्न गरिन्छ। 

शनिबार राति पनि बाजा गाजासहित पृथक नृत्य प्रस्तुत गरी जात्रा मनाइएको थियो। जात्राको अवसरमा मल्लकालीन युद्धको झल्को दिने नाचसमेत  प्रस्तुत गरिएको थियो। जात्रा अवलोकन गर्न भीड नै लागेको थियो।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.