मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
सांकेतिक तस्बिर।

झापा : तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए । 

मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.