दशैंमा पनि हुम्लीलाई कामकै चटारो
हुम्ला : हुम्लाका किसानलाई दशैँभन्दा कामको चटारो बढेको छ। गाउँघरमा बालीनाली भित्र्याउने,घाँस काट्न हुम्ली किसान दशैँभन्दा काममा व्यस्त देखिएका छन्। अष्टमीको दिन दशैं मनाएर हिउँदमा पशुवस्तुका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउ व्यस्त छन्।
दशैंभन्दा यतिबेला गाउँघरमा कामको चटारो बढेको चंखेली गाउँपालिका-५ का गोरसिह तामाङले बताए। दशैंको दिन टिका लगाएर दोस्रो दिनबाट कामका लागि तछाडमछाड हुने गरेको तामाङले बताए।
' दशैंभन्दा घाँस काट्ने, गाईवस्तु गाउँमा भित्र्याउने, अन्नवाली भित्र्याउन व्यस्त भइन्छ,'तामाङले भने। दशैं शहरबजारतिर धुमधामका साथ मनाउने गरेपनि गाउँमा भने कामको चटारोले राम्रोसँग आराम गर्न समेत नपाइने अर्को स्थानीय विर्खबहादुर तामाङले बताए।
कामको चटारोबीच दशैं पर्ने भएकाले स्थानीयहरूले दशैंको रमाइलो लिन नसक्ने तामाङले बताए।